आज २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना थपिएका छन् । आजको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभयो । उहाँका अनुसार पीसीआर विधिबाट २ हजार २ सय २० र एन्टिजेन विधिबाट १ सय ३१ गरी जम्मा २ हजार ३५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७ सय ८६, भक्तपुरमा ८४ र ललितपुरमा १ सय ८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिनुभयो । यससँगै देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार सोमबारदेखि आजसम्म २३ हजार ९ सय जनामा परीक्षण गर्दा ५ हजार १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८ सय ३ जनाको एन्टिजेन परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार