नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा , भक्तपुरमा ८७, ललितपुरमा १ सय ४१ र काठमाडौंमा ६४४ जना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९३ दशमलब ३ प्रतिशत छ । पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार