एकैदिन थपिए १७ सय ३६ जना कोरोना सङ्क्रमित

नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १७ […]

कोरोना बाहेकका बिरामीलाइ पनि राम्रो उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका बिरामीलाई आकस्मिक उपचार गरी वा अन्य अस्पतालमा व्यवस्था गरेर मात्र पठाउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई कोभिडको सङ्क्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणलाई कठिनाई भएको भन्दै यस्तो निर्देशन दिएको हो ।मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले अस्पताल आएका […]

पहिलो चरणको खोपलगाएकालाई दोस्रो खोप दिइँदै

सरकारले आजदेखि नोबेल कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ । यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवाविभागको खोप शाखाप्रमुख डा झलकशर्मा गौतमले बताउनुभयो । पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए । उनीहरूलाई मुलुकभरका ९ सय ५३ वटा खोप केन्द्रबाट दोस्रो मात्रा दिइने उहाँको भनाइ छ […]

सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक

सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ । यस्तै, सरकारले मुलुकमा बढ्दै गएको […]

२४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १२ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १२ सय २७ र ५ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल […]

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने वितरण […]

२४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जना र ६ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये काठमाडौं जिल्लामा ३ सय २६, […]

देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ सय ६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जनानिको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । देशभर कोराना […]

नेपालमा आज ९ सय जनामा कोरोनाको सङ्क्रमण 

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण देखिएको  छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन परीक्षणमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु […]

पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९० जना र पाँच सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि भएका पाँच सय […]