कम्तिमा ५० प्रतिशत बेड कोरोना उपचारमा छुट्याउन सबै सरकारी अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि कम्तिमा ५० प्रतिशत बेड छुट्याउन सबै सरकारी अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । कोरोना सङ्क्रमण बढ्दै गएको र विशेषतः बालबालिका, युवा वर्गमा सङ्क्रमण तथा मृत्यु बढ्दो गतिमा देखिएकाले जनस्वास्थ्यका मापदण्डकडा रूपमा पालना गर्नुपर्ने सूचनामा भनिएको छ । […]

पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने

पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी , सरकारी कर्मचारी, सुरक्षाकर्मी , सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई वैशाख ७ देखि […]

ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यका सहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिनुभयो । काठमाडौं उपत्यका सहित पोखरा, विराटनगर, वीरगन्ज सहित १५ वटा ठूला सहरमा सङ्क्रमण […]

नेपालमा कोरोना सङ्क्रमित र मृतक दुबै बढ्दै,२४ घण्टामा १३ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या बढ्दै गएको छ । गत २४ घण्टामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत २४ घण्टामा ५ सय ५९ जना […]

रामेछाप नगरपालिकाको कार्यालयमा ‘स्तनपान कक्ष’ सञ्चालनमा

रामेछापको रामेछाप नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी नगरपालिकाले छुट्टै स्तनपान कक्ष सञ्चालनमा ल्याएको नगर उप्रमुख सृजना खड्काले जानकारी दिनुभयो । ‘सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारीका लागि सहज होस् भन्ने ध्येयले स्तनपान कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । अब ढुक्कका साथ स्तनपान कक्षमा आराम गर्दै आफ्नो […]

हालको वायु प्रदुषणका असर र बच्ने उपाएहरु

बन जङ्गल डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा ठुलो मात्रमा जम्ममा हुदा वायु प्रदूषण झन कडा बन्दै गएको छ । बिगत ४ दिन यता नेपाल सहित एसिएन मुलुकमा बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।वायु प्रदूषण उच्च रहेकाले देशभर आकाश खुलेको छैन। देश भित्र राखिएका वायु प्रदूषणको सूचक हरेक घण्टा […]

कोरोनाविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्दै

नोबेल कोरोना भाइरसविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्ने भएको छ । खोपलगायका स्वास्थ्य सामग्री लिनका लागि बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज अहिले बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ । सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज हिजो साँझ चीनको राजधानी बेइजिङ गएको […]

भारतमा कोरोनाको दोस्रो लहरसँगै नेपालमा पनि जोखिम

नेपालमा लकडाउनको घोषणा भएको एक वर्ष पूरा भएको छ । एक वर्ष अघि आजकै दिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । छिमेकी मुलुक भारतसहित विश्वभर कोरोना सङ्ेक्रमणको दर बढेसँगै सतर्कता अपनाउँदै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । । एक सय २० दिन लामो लकडाउन साउ ६ गते अन्त्य भएको सरकारले घोाणा गरेको थियो […]

रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाए

दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । गत फागुन २३ गतेदेखी सञ्चालन भएको दोस्रो चरणको खोप अभियान अन्र्तगत चैत ९ गते सोमबारसम्म जिल्लाका १५ हजार ८९१ जनाले खोप लगाएका हुन् । गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत जिल्लाका […]

नेपालमा कोरोना सङ्क्रमित लगातार बढ्दै, भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध

नेपालमा २ दिन यता कोरोना सङ्क्रमित लगातार बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् । पछिल्लो समय नेपालमा हरेक दिन १ सय […]