नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९२ प्रतिशत नाघ्यो

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९२ प्रतिशत नाघ्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये ३ हजार ८ सय ५३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ ।

यो दर कुल सङ्क्रमितको ९२ दशमलव ६ प्रतिशत हो । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या निरन्तर उकालो लाग्दै गएको छ । यस्तै गत २४ घन्टामा थप २ हजार ४ सय ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयको अद्यावधिक विवरण अनुसार ११ हजार ६ सय ४० कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ६८ हजार २ सय २१ पुगेको छ । यस्तै गत २४ घन्टामा ४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार