पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७जना गरी १९२० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । सङ्क्रमणका कारण आज ३४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस सङ्क्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना सङ्क्रमणमुक्त भएका छन् भने ९ हजार ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार