रामेछापका ८ वटै स्थानिय तहकोे बजेट : स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता

रामेछापका ८ वटै स्थानिय तहकोे बजेट : स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता

रामेछापका ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट ल्याएका छन । यस वर्ष सबैभन्दा धेरै बजेट मन्थली नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट सुनापती गाउँपालिकाले ल्याएको छ । जिल्लाका धेरै स्थानिय तहहरुले स्वास्थ्य कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएका छन ।

रामेछाप नगरपालिकाले ल्यायो ६३ करोड १९ लाखको बजेट

रामेछाप नगरपालिकाले ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैयाँ ५२ पैसा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगाएतलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भक्ता,उत्कृष्ट कृषक पहिचान र पुरस्कार, एक घर एक पशु विमा कार्यक्रलाई निरन्तरता,स्त्केरी गाई भैँसीलाई प्रोत्साहन भक्ता,स्थानिय सन्चार माध्यमलाई प्रवद्र्धन परिचालन गर्नका लागी आवश्कय बजेट विनियोजन गर्ने लगायतका महत्वकांक्षि योजना अगाडी सारेको छ ।

मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ७ करोड ८५ लाखको बजेट

मन्थली नगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को लागी १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ५२ रुपयाँको बजेट सार्वजनीक गरेको छ । नगरपालिकाले आन्तरिक चालु तर्फ ९.८८ प्रतिशत शसर्त तर्फ ५३.७ प्रतिशत र ससर्त निसर्थ आयोजना तथा कार्यक्रम तर्फ पुजिगत समेतको लागी ३६.४२ प्रतिशत बजेट सार्वजनीक गरेको हो ।

खाँडादेवी गाउँपालिकाले ल्यायो ८२ करोडको बजेट

खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ८२ करोड ७७ लाख ९९ हजारको बजेट ल्याएको छ । गाउँपालिकाले कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिदै नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले आगामी बर्ष कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएको छ ।

उमाकुण्ड गाउँपालिकाको ल्यायो ५९ करोड बजेट

उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि ५९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाले आगामी बर्ष कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएको छ ।

लिखु तामाकोसी गाउँपालिकाले ल्यायो ९२ करोडको बजेट
लिखु तामाकोसी तामाकोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८ ७९ को लागि ९२ करोड ८५ लाख,५९ हजार ४ सय ३४ रुपैया बजेट ल्याएको छ । आगामी वर्षको लागि आय तर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड २७ लाख ,संघीय सरकार शशर्त अनुदानतर्फ १९ करोड ९५ लाख, बिशेष अनुदान तर्फ २ करोड ८ लाख,राजस्व बाँडफाडतर्फ ७ करोड ३७ लाख ५७ हजार,जलबिद्युत रोयल्टी तर्फ १ करोड ५० लाख, बागमती प्रदेश बितिय समानिकरण अनुदान तर्फ १ करोड १६ लाख ८४ हजार,बागती प्रदेश शशर्त अनुदान तर्फ १ करोड ३७ लाख २८ रहेको छ ।

दोरम्बा गाउँपालिकाले ल्यायो ६२ करोड ८३ लाखको बजेट

दोरम्बा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि ६२ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटमा आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ १२ करोड ७३ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट ७ करोड ४७ लाख ९० हजार रुपैयाँ‚ सशर्त अनुदान २० करोड ४९ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरणतर्फ १ करोड ६४ लाख ४८ हजार रुपैयाँ, प्रदेश सरकार सशर्ततर्फ १ करोड १० लाख ५७ हजार रुपैयाँ, सामाजिक सुरक्षा तर्फ ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६८ करोड २० लाख बजेट

गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६८ करोडको बजेट ल्याएको छ । चालु तर्फ ७ करोड ९६ लाख २० हजार बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ २९ करोड १ लाख २० हजार विनियोजन गरिएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता बापत ७ करोड २५ लाख र नेपाल सरकार, प्रदेश सरकारबाट प्राप्त हुने शसर्त समपुरक अनुदान रकम रु २३ करोड ९८ लाख ३ हजार बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिदै नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले आगामी बर्ष कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दएर बजेट ल्याएको छ ।

सुनापति गाउँपालिकाले ल्यायो ५२ करोड २७ लाखको बजेट

सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ५२ करोड २७ लाख ३८ हजार ५४ रकम बजेट ल्याएको छ । सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाले पूर्वाधार, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार