रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १९३ जना सक्रिय संक्रमित

रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १९३ जना सक्रिय संक्रमित

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा तीन जना, उमाकुण्ड गाउँपालिकामा चार जना, गोकुलगंगा गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा दुई जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ८५ जना पुगेको छ । यस्तै, जिल्लामा आज १८ जनाले कोरोना जितेका छन । आज मन्थली नगरपालिकाबाट ७ जना, रामेछाप नगरपालिकाबाट पाँच जना, खाँडादेवी गाउँपालिकाबाट एक जना, गोकुलगंगा गाउँपालिकाबाट दुई जना र लिखुतामाकोशी गाउँपालिकाबाट तीन जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या एक हजार ८७३ जना पुगेको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या एक हजार ९७५ जना पुगेको छ । अहिलेसम्म जिल्लाबाट २५ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । जिल्लामा अहिले १९३ जना कोरोनाका संक्रिय संक्रमित छन् । कोरोना संक्रमित भएर जिल्लाका १९ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार