देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४७९ जना सङ्क्रमित बनेका छन्भने एन्टिजेन विधिबाट ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थप १ हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४ दशमलब ५ प्रतिशत रहेको छ । कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् । हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा, ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेका छन् । नेपालमा हालसम्म ४ लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड खोपको दुई डोज लगाइसकेका छन् भने ५ लाख ३ हजार ७७४ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका छन् । दुवै डोज खोप लगाउनेको कूल संख्या ९ लाख ६४ हजार ५०८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार