जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको आग्रह

जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको आग्रह

नेपालमा लगातार दोस्रो दिननिको हुनेको संख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमासोमबार बाट भने नयाँ सङ्क्रमितको सङ्ख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । निषेधाज्ञाखुकुलो बनाएसँगै सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

गत २४ घण्टामा २हजार ६ सय ३४ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा एकहजार ५ सय ६५ जना सङ्क्रमणमुक्त बनेका छन् । जनस्वास्थ्यका मापदण्ड पालनानभएकाकारण सङ्क्रमण बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमापालनागर्न आग्रह गरेको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढ्दै गए फेरि लकडाउन गर्नुपर्ने अवस्थाआउन सक्ने बताउनुभयो । अहिलेको अवस्थामा रोग प्रतिरोधात्मकक्षमता बढाउन नसकेमा साथै सङ्क्रमणको चक्रतोड्न नसकेमा फेरी पहिले जस्तो महामारीको सामनागर्नुपर्ने सह–प्रवक्ताअधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार