रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १३१ जना सक्रिय संक्रमित

रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १३१ जना सक्रिय संक्रमित

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।आज जिल्ला अस्पालतमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार २१९ जना पुगेको छ ।

रामेछाप जिल्लामा आज १९ जनाले कोरोना जितेका छन् । आज रामेछाप नगरपालिकाबाट एक जना, उमाकुण्ड गाउँपालिकाबाट पाँच जना, गोकुलगंगा गाउँपालिकाबाट तीन जना, लिखुतामाकोशी गाउँपालिकाबाट ९ जना र सुनापति गाउँपालिकाबाट एक जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ६९ जना पुगेको छ । जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार २१९ जना पुगेको छ । अहिलेसम्म जिल्लाबाट २५ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । जिल्लामा अहिले १३१ जना कोरोनाका संक्रिय संक्रमित छन् । कोरोना संक्रमित भएर जिल्लाका १९ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार