स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर चाडपर्व मनाउनुहोला : रामेछाप प्रशासन

रामेछाप जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाबासिहरुलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले सूचना जारी गर्दै जिल्लाबासीलाई चाडपर्व मनाउँदा सुरक्षा मापदण्ड पालना गर्न अपिल गर्नुभएको छ । नेपालीहरुको महान चाड बडा दशैँ, दीपावली र छठ पर्वहरु निकट रहेको हुँदा चाडपर्व मनाउने क्रममा मठ, मन्दिर, […]

सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजीको माग गर्दै रामेछापका माझी समुदायले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र

सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजीको माग गर्दै रामेछापका माझी समुदायले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । बागमती प्रदेशकी प्रदेशसभा सदस्य रिता माझीको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीले कुनै पनि हालतमा सुनकोसी–२ आयोजना निर्माणको काम अघि नबढाउन माग गरेको छ । माझी समुदायले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आयोजना निर्माण हुँदा माझी समुदायलाई पर्ने […]

दशैँ नजिकिएसँगै मन्थलीमा भिडभाड, फेरी तपाईको मास्क खै ? अभियान सुरु

यस वर्षको वडा दशैँ नजिकिएसँगै रामेछाप सदरमुकाम मन्थलीमा भिडभाड बढेको छ । केहि मानिसहरु मास्क नलगाई पनि हिडेका छन । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै फेरी रामेछाप प्रशासन र प्रहरीले “तपाईको मास्क खै ” अभियान सुरु गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज […]

रामेछाप नगरपालिकाका २० जना महिलाले सिके गाडी चलाउन

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिएर उनिहरु गाडी चलाउन सक्ने भएका छन । निःशुल्क गाडी चलाउन सिक्न पाएकामो असाध्यै खुशी लागेको भन्दै महिलाहरुले अब गाडी चलाउन लाईसेन्सको ट्रायल दिने बताएका छन । उनिहरुलाई ट्राफिक नियम लगायको […]

रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले बुझाए नगरप्रमुखलाई माग पत्र

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले नगरप्रमुख नर बहादुर थापा मगरलाई आज माग पत्र बुझाएका छन । स्वतन्त्र विद्यालय कर्मचारी संघर्ष समिती मार्फत आज उनिहरुले आफुहरुको माग सम्बोधन गर्न नगरप्रमुख समक्ष आग्रह गरेका हुन । अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको भन्दै विद्यालय कर्मचारीहरुले सरकारले नै श्रमिकको मासिक न्युनतम तलब १५ हजार रुपैयाँ तोकेको भएपनि सरकारकै निर्णयबाट […]

जनगणनाका लागि सुपरीवेक्षक रामेछापको गाउँगाउँमा

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक रामेछपको गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरणका लागि रामेछाप जिल्लाभरी सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । जनगणनाका लागी जिल्लामा ६९ जना सुपरिवेक्षक परिचालन भएका छन् । १२ औं राष्ट्रिय जनगणनाको लागि जिल्ला भरीमा ६९ जना […]

रामेछाप कारागारबाट १३ जना कैदी जेल मुक्त

संविधान दिवस २०७८ को अवसरमा रामेछाप कारागारमा रहेका १३ जना कैदी जेल मुक्त भएका छन् । जेल मुक्त हुने १३ जना कैदि विभिन्न मुद्धामा जेल सजाय भोगिरहेकाहरु हुन । ८ जना कर्तव्य ज्यान मुद्धा,१ जना ज्यान मार्ने उद्योग,१ जना ज्यान सम्बन्धि कसुर,२ जना बहुविवाह र १ जना सवारी ज्यान मुद्धामा जेल सजाय भोगिरहेकाहरु जेल मुक्त […]

आजदेखि सरकार बजेटबिहिन अवस्थामा,खर्चलाई लिएर कर्मचारी अन्यौलमा

प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुङ्गो लगाउन नसकेपछि इतिहासमै पहिलो पटक सरकारी खर्च गर्ने बाटो बन्द भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम आजबाट विकास निर्माण वा आम नागरिकको हितमा खर्च गर्न पाउने छैन । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट हिजोसम्म […]

आज रातीदेखि सरकारी खर्च रोकिने

प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजरातीदेखि सरकारी खर्च रोकिने भएको छ। संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्थाअनुसार आज राति देखि विद्येयक पारित गर्ने […]

कर्मचारीहरूको पदपूर्ति सहज नहुँदा कामकाज प्रभावित

मुलुक सङ्घीयतामा प्रवेश गरेको ४ वर्ष बितिसक्दा पनि कर्मचारीहरूको पदपूर्ति सहज हुन नसक्दा कामकाज प्रभावित बनेको छ । कार्यालयहरूमा माग भए अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । विशेषगरी प्रशासन र स्वास्थ्य सेवा क्षेत्रमा कर्मचारी अभावकै कारण सेवाग्राही सेवा लिनबाट बञ्चित हुने गरेका छन् । कर्मचारीको पदपूर्ति समयमै नहुँदा त्यसले समग्र देशको […]