निश्पक्ष रुपमा कलम चलाउन पत्रकारलाई उपप्रमुख खड्काको आग्रह

७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिम सम्पन्न

निश्पक्ष रुपमा कलम चलाउन पत्रकारलाई उपप्रमुख खड्काको आग्रह

७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ । रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियोले आयोजना गरेको ७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो ।

समाज परिवर्तनमा पत्रकारहरुको भुमिका निकै महत्वपुर्ण रहेको भन्दै उपप्रमुख खड्काले कसैको दाबब,प्रभाव र धम्कीमा नपरि सत्य तथ्य समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । पत्रकारीता क्षेत्रमा केहि गरौँ भन्ने उद्धेश्य बोकेकाहरुलाई यो तालिमले धेरै फाईदा पुर्याउने विश्वास आफुले लिएको उपप्रमुख खड्काले बताउनुभयो ।

रामेछाप जिल्लाकै पहिलो समुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्जले ७ दिने रेडियो पत्रकारी तथा उद्धघोषण तालिम सन्चालन गरेको हो । रामेछाप नगरपालिकासँगको सहकार्यमा हजुरको रेडियोले जिल्लाका विभिन्न ठाउँका ४९ जना युवाहरुलाई रेडियो पत्रकारीता तथा उद्धघोषण तालिम दिएको छ । यहि मंसिर २३ गतेदेखी सुरु भएको तालिमको आज समापन गरिएको छ ।

तालिममा सहभागी हुनुभएका रामेछापको मन्थली नगरपालिका वडा नं ४ का राम विपी मगरले आफनो लागी तालिम निकै फलदायिक भएको बताउनुभयो । ७ दिनसम्मको अवद्यिमा समाचार लेखन,वाचन,कार्यक्रम उत्पादन लगायतमा महत्वपुर्ण ज्ञान हासिल गरेको उहाँले बताउनुभयो ।

उक्त तालिममा सहभागी हुनुभएकी रामेछाप नगरपालिका ७ का रन्जिता कार्कीले तालिममा बोल्ने,लेख्ने र प्रस्ुतीकरण गर्ने तरिका आफुले सिकेको र ति सिकेका कुरा आफुले सधैँ व्यवहारमा उतार्ने बताउनुभयो ।

रामेछाप नगरपालिका २ का नविन पुलामि मगरले तालिममा पत्रकारीता क्षेत्रका धेरै सुत्रहरुको बारेमा सिक्ने मौका पाएको बताउनुभयो । रेडियोमा बोल्ने आफनो सपना यहि तालिमले पुरा हुने अपेक्षामा आफु रहेको समेत उहाँले बताउनुभयो ।

७ दिनसम्म सन्चालन भएको तालिममा रेडियो कार्यक्रम उत्पादन,रेडियो रिपोर्ट लेखन,समाचार लेखन,वाचन,उद्धघोषण लगायत विभिन्न रेडियो पत्रकारीता सम्बन्धी आधारभुत कुराहरु सिकाइएको हजुरको रेडियोका स्टेशन म्यानेजर दिपक कुमार घिमिरेले बताउनुभयो । यो तालिमले जिल्लामा रेडियो पत्रकार उत्पादन गर्नमा धेरै सहयोग पुग्ने उहाँले बताउनुभयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार