वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

आउँदो वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

आउँदो वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । आसन्न निर्वाचनको तयारीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो भेटघाट गरेको आयोगका पदाधिकारीले आउँदो वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।

आयोगले वैशाख १४ मा निर्वाचन गर्न सरकारसँग औपचारिक प्रस्ताब राखेको छ । यदि एकै चरणमा नभ्याईएको खण्डमा दोस्रो चरणको निर्वाचन २२ गते गर्न सकिने बारेमा पनि जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम २०७९ जेठ ५ गते स्थानीय तहका पदाधिकारीहरुको पदावधि समाप्त हुँदै छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्थालाई हेरी निर्वाचनको तयारी गरेको आयोगले जनाएको छ । यस्तै छलफलमा राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि यही माघ १२ गते हुने निर्वाचनका बारेमा पनि छलफल भएको छ । निर्वाचनमा स्थानीय तहका १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी २०२५ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार