जिल्ला अस्पताल रामेछापको सेवा नयाँ भवनबाट सुरु

सुविधा सम्पन्न भवन त बन्यो तर छैनन् जनशक्ति

जिल्ला अस्पताल रामेछापको सेवा नयाँ भवनबाट सुरु

सुविधा सम्पन्न भवन त बन्यो तर छैनन् जनशक्ति

जिल्ला अस्पताल रामेछापले आफनो सेवा नयाँ भवनबाट सुरु गरेको छ । २०७२ को भुकम्पमा अस्पतालको पुराना भवनहरुमा क्षति पुगेको थियो ।

भुकम्पपछि जर्मन सरकारको सहयोगमा २७ करोड लागतमा बनेको नयाँ सुविधा सम्पन्न भवनबाट सम्पुर्ण सेवाहरु सुचारु गरिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो ।

२ वर्षको अवधिमा निर्माण सम्पन्न भएको उक्त भवनमा अत्यावश्यक सम्पुर्ण आधुनिक उपकरणहरु पनि जडान गरिएको अध्यक्ष पाख्रिनले बताउनुभयो । विशेषज्ञ चिकित्सक सहितको सेवा सुचारु गर्ने तयारीमा आफुहरु लागिपरेको उहाँले बताउनुभयो ।

अस्पतालमा नयाँ भवनबाट सेवा प्रदान गर्न पाउँदा चिकित्सक पनि दंग छन भने नयाँ भवनबाटै सेवा पाउँदा सेवाग्राही पनि खुशी भएका छन ।

सुविधा सम्पन्न भवन त बन्यो तर छैनन् जनशक्ति

अस्पतालमा सुविधा सम्पन्न भवन र उपकरणहरु भएपनि जनशक्ति नहुँदा निकै समस्या भएको अस्पतालका सुचना अधिकारी दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारवाट प्रदान गरिएका भेन्टिलेटर, आइसियु, भिडियो एक्सरे र ल्यावको लागि आवश्यक उपकरणहरु जिल्ला अस्पताल रामेछापलाई प्रदान गरेता पनि उक्त सेवाहरु दक्ष जनशक्तिको अभावमा ठप्प रहेको छ ।

जिल्ला अस्पताल रामेछापमा हाल सुविधा सम्पन्न भवन, आवश्यक सवै उपकरणहरु भएता पनि आवश्यक जनशक्ति मेडिकल सुुपरिटेन्डन, ल्याव असिस्टेन्ट, स्टाप नर्स लगाएतका कर्मचारी अभावमा भएका सबै उपकरणहरु प्रयोग विहिन रहेको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार