आजदेखी जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा

रामेछापमै पिसिआर ल्याब सन्चालनमा आएपछि रामेछापवासी खुशी

आजदेखी जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा

रामेछापमै पिसिआर ल्याब सन्चालनमा आएपछि रामेछापवासी खुशी

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा आएको छ । अब जिल्ला अस्पताल रामेछापमै पिसिआर परीक्षण हुने भएको छ । कोरोना भए नभएको भनेर थाहा पाउन गरिने पिसिआर परीक्षण आजदेखी जिल्ला अस्पतालमै सुरु भएको हो ।

केहि महिना अघि नै उक्त पिसिआर ल्याबको उद्धघाटन भएको भएपनि जनशक्तिको अभावले सन्चालनमा आउन सकेको थिएन । जनस्वास्थ्य प्रयोगशाला बाग्मती प्रदेशका निमिक्त निर्देशक नारायण कार्की सहितको टोली जिल्ला अस्पताल रामेछाप आएर आजैदेखी पिसिआर ल्याब सन्चालनमा ल्याइएको हो ।

निमिक्त निर्देशक कार्कीका अनुसार पिसिआर ल्याब सन्चालन गर्न दुई जना दक्ष जनशक्ति बाग्मती प्रदेश सररकारले व्यवस्थापन गरेको हो । पिसिआर ल्याबमा हरेकपटकमा ९६ वटा गरी दैनिक १२ पटकसम्म परीक्षण गर्ने क्षमताको मेसिन जडान गरिएको छ ।

रामेछाप जिल्लामै पहिलो पटक जिल्ला अस्पतालमा पिसिआर ल्याब सन्चालनमा आएपछि निकै खुशी लागेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाले बताउनुभयो ।

जिल्लामा ढिलै भएपनि ल्याब सन्चालनमा आएपछि अन्यत्र जिल्लामा स्वाब पठाउनुपर्ने र ढिलो रिपोर्ट आउने समस्या अब समाधान हुने उहाँले बताउनुभयो । नागरीकहरुलाई कोरोना सम्बन्धि कुनै मिल्दो जुल्दो लक्षण देखिएमा अस्पतालमा आएर पिसिआर परीक्षण गराउन उहाँले आग्रह गर्नुभयो ।

अब पिसिआर परीक्षण गरेको ५ घण्टामै रिपोर्ट पोजेटिभ वा नेगेटिभ आएको थाहा पाईने छ । यस अघि जिल्लामा पिसिआर ल्याब नुहँदा स्वाब संकलन गरेर काठमाडौँ,धुलिखेल लगायत अन्यत्र पठाउनुपर्ने बाध्यता थियो ।

जसका कारण रिपोर्ट आउन ५ देखी ६ दिन लाग्थ्यो । अब भने यो समस्या समाधान भएको छ । जिल्ला अस्पताल रामेछापमै पिसिआर ल्याब सन्चालनमा आएपछि रामेछापवासी पनि खुशी भएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार