सिप सिकेर दक्ष बन्नुहोस थप सहयोग चाहिए स्थानिय तह छ : नगर प्रमुख थापा मगर

७ दिने रेडियो पत्रकारीता तालिम सुरु

सिप सिकेर दक्ष बन्नुहोस थप सहयोग चाहिए स्थानिय तह छ : नगर प्रमुख थापा मगर

७ दिने रेडियो पत्रकारीता तालिम सुरु

रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले सिप सिकेर दक्ष बन्न युवाहरुलाई आग्रह गर्नुभएको छ । हजुरको रेडियोले आयोजना गरेको रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले युवाहरु सिप सिकेर दक्ष बनेको खण्डमा मात्रै सम्वृद्ध नगरपालिका बन्नमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

विगतका केही वर्षदेखी नै हजुरको रेडियोले जिल्लामा पत्रकार उत्पादन गर्दै आएको कुरा स्मरण गर्दै उहाँले पत्रकारीतामा भविष्य खोजिरहेका युवाहरुलाई यो तालिम निकै महत्वपुर्ण हुने विश्वास आफुले लिएको बताउनुभयो । स्थानिय सरकार सन्चालनमा आएपछि पहिलो पटक नगरपालिकाले पत्रकारीता तथा उद्धघोषण तालिममा सहजिकरण गर्ने मौका पाएको भन्दै उहाँले तालिममा सहभागीहरुलाई सिप सिकेर दक्ष बन्न आग्रह गर्नुभयो ।

सिप भएर पनि बेरोजगार बसिरहेकालाई आवश्यक सहयोग चाहिए नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । पत्रकारीता तथा उद्धघोषण तालिमको उद्धघाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष केदार कार्कीले ७ दिनसम्म मन लगाएर पत्रकारीताको आधारभूत कुराहरु सिक्न प्रशिक्षार्थीलाई अनुरोध गर्नुभयो ।

हजुरको रेडियोको आयोजना र रामेछाप नगरपालिकासँगको सहकार्यमा आजदेखी सुरु भएको तालिम ७ दिनसम्म सन्चालन हुनेछ । तालिममा रामेछाप जिल्लाका विभिन्न ठाउँहरुबाट ४० भन्दा बढी पत्रकारीता तथा उद्धघोषण सिक्न चाहने प्रशिक्षार्थीहरु सहभागी छन । हजुरको रेडियोका स्टेशन म्यानेजर दिपक कुमार घिमिरेले दक्ष तथा अनुभवी प्रशिक्षकले ७ दिनसम्म तालिममा सहभागीहरुलाई पत्रकारीता तथा उद्धघोषण सिकाउने बताउनुभयो ।

पत्रकारीता पेशा प्रति युवाहरुको आकर्षण कम हुँदै गएको अवस्थामा यो तालिमले जिल्लामा पत्रकार उत्पादन गर्नमा मद्धत मिल्ने स्टेशन म्यानेजर घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार