शारीरिक रुपमा पुर्ण अपांग श्रेष्ठलाई घरमै पुगेर नागरिकता प्रदान

अपांग भएर नागरिकता लिनबाट बन्चित कोहि नागरिक भए जनप्रतिनिधिले पहल गरेमा घरमै पुगेर नागरिकता दिने

शारीरिक रुपमा पुर्ण अपांग श्रेष्ठलाई घरमै पुगेर नागरिकता प्रदान

अपांग भएर नागरिकता लिनबाट बन्चित कोहि नागरिक भए जनप्रतिनिधिले पहल गरेमा घरमै पुगेर नागरिकता दिने

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको खानीडाँडाका वर्ष २३ कि रिना श्रेष्ठलाई रामेछाप प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

शारीरिक रुपमा पुर्ण अपांग रहेकी श्रेष्ठलाई रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी,रामेछापका प्रहरी प्रमुख नवराज ढुंगाना सहितको टोली उहाँको घरमै पुगेर नागरिकता प्रदान गरेको हो । वडा नं ५ का वडा अध्यक्ष भिम ब तामाङको पहलमा शारीरिक रुपमा पुर्ण अपांग रहेकी श्रेष्ठको घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ पहाडीले बताउनुभयो ।

जिल्लाका अन्य स्थानीय तहहरुमा पनि शारीरिक रुपमा पुर्ण अपांग भएर नागरिकता लिनबाट बन्चित कोहि नागरिक भए जनप्रतिनिधिले पहल गरेमा आफुहरु त्यहाँ पुगेर नागरिकता प्रदान गर्ने प्रजिअ पहाडीले ईरामेछाप डटकमलाई बताउनुभयो ।

साथै मंगलबार नै रामपुरमा जिल्ला प्रहरी कार्यलयले नागरिक सुनुवाइ कार्यक्रम पनि गरेको छ । उक्त कार्यक्रममा रामपुरमा प्रहरी चौकी स्थापना गरिदिन नागरिकहरुले माग गरेको वडा अध्यक्ष भिम ब तामाङले जानकारी दिनुभयो । प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुँगानाले नागरिकहरुको माग सम्बोधन गर्ने प्रयास गरिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार