जिल्ला अस्पताल रामेछापको गुरुयोजना बनाईने,गुरुयोजना अनुसार अस्पतालको विकास गरिने

गुरुयोजना बनाउन सरोकारवालाहरुबाट सुझाव संकलन

जिल्ला अस्पताल रामेछापको गुरुयोजना बनाईने,गुरुयोजना अनुसार अस्पतालको विकास गरिने

गुरुयोजना बनाउन सरोकारवालाहरुबाट सुझाव संकलन

जिल्ला अस्पताल रामेछापलाई अब गुरुयोजना अनुसार विकास गरिने भएको छ । ५ वर्षे गुरुयोजना बनाएर अस्पतालको विकास गर्न लागिएको अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो ।

अस्पतालको गुरुयोजना नबन्दा बजेट,जनशक्ति व्यवस्थापन,विशेषज्ञ चिकित्सक सहितको उपचारमा समस्या भएको अध्यक्ष पाख्रिनले बताउनुभयो । गुरुयोजना अनुसार विकास गर्दा सेवा ब्यवस्थापनमा सहज हुने अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.पवन शाक्यले बताउनुभयो ।

५ वर्षे गुरु योजना तयार गर्नका लागी अस्पताल विकास समितीले आज एक अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा अस्पताल विकासका लागी गुरुयोजनामा समेट्नुपर्ने विभिन्न सुझावहरु सरोकारवालाहरुबाट संकलन गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले अस्पतालले गुरुयोजना बनाउँदा सबैकुराहरु समेटेर गुरुयोजना बनाउनुपर्ने बताउनुभयो ।

उहाँले तिनै तहको सरकारसँग समन्वय र सहकार्य गरेर गुरुयोजना तयार गर्न अस्पताल विकास समितीलाई आग्रह पनि गर्नुभएको छ । अस्पतालको गुरुयोजना बनाउन हाम्रो गौरव हाम्रो रामेछाप नामक संस्थाले सहजीकरण गर्ने छ । गुरुयोजना बनेपछि आर्थिक प्रस्ताव र जनशक्ति योजना सहित गुरुयोजनालाई दाता र सरकारलाई पेश गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार