जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा ४ दिनसम्म सन्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले सेवा लिएका छन । यहि फाल्गुन २३ गतेदेखी २६ गतेसम्म चलेको शिविरमा १ हजार ४८ जनाले सेवा लिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो । शिविरमा ६२५ जनाले दन्त सेवा,२७४ जनाले फिजियोथेरापी र १४९ जनाले दुखाई व्यवस्थाप गरी जम्मा […]

जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविर सुरु,आज ३५८ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आजदेखी निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँको प्रायोजन,स्वास्थ्य कार्यालय,जिल्ला अस्पताल र रामेछाप नगरपालिकाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । आज शिविरमा ३५८ जनाले सेवा लिएका छन । दन्त परीक्षण तथा उपचारमा २३० जना र हार्डजोर्नीमा १२८ जनाले सेवा लिएको जिल्ला अस्पताल […]

गोकुगंगा गाउँपालिकामा हामीले धेरै राम्रो काम गरेका छौ : अध्यक्ष खड्ग सुनुवार

रामेछाप जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा […]

रामेछापका माझी समुदायले मनाए खोलाको पूजा गर्दै कोसी पर्व

खोलालाई भगवानका रूपमा मान्दै रामेछापका माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । रामेछापका माझीहरूले कोसीपर्व मनाउन तामाकोशी नदि र सुनकोशी नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । […]

हामीले ५ वर्षमा उमाकुण्डलाई धेरै फरक बनायौँ : उपाध्यक्ष उर्मिला कार्की बस्नेत

रामेछाप जिल्लाको उत्तरी भूभागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिका हो। जम्मा सात ओटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६०१ रहेको छ ।यो गाउपालिका ४५१.९९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ भने उमाकुण्ड गाउपालिकाको केन्द्र हाल वडा नं ४ […]

रामेछापको खाँडादेवी गाउँपालिका प्रविधिमैत्री, टोलटोलमा पुग्यो इन्टरनेट सेवा

रामेछापको खाँडादेवी गाउँपालिकाले वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा दुई वर्षको लागि निःशुल्क फाइबर इन्टरनेट सेवा सञ्चालन ल्याएको छ । योसँगै अब गाउँपालिका पूर्ण रुपमा इन्टरनेटको पहुँचमा जोडिएको छ । पालिकाले सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा इन्टरनेट सेवाको सुरुवात गरेको हो । पालिका अन्तर्गत रहेका ८० वटा विद्यालय, वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुमा […]

मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सच्याउन आग्रह

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिन आग्रह गरेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा आयोगले बैशाख २९ गते सम्मलाइ कट अफ डेट मान्ने निर्णय गरिसकेको छ । बैशाख २९ गते गते […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोट(नाम सहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोटमा परेका छन । मन्थली नगरपालिकाबाट ९ वटा विद्यायल छनोटमा परेको छ । सेतीदेवी मावि सालु,मावि सिक्राल,जगदम्बा आ.वि चिउरीपानी,स्थानापती मावि बांगेसल्ला,शारदा मावि गेलु,रुद्राक्षेश्वर मावि मुगिटार,मन्थली मावि मन्थली,कालिका मावि पोखरी र भैरव मावि सुनारपानी रहेका छन । रामेछाप नगरपालिकाबाट ५ वटा विद्यायल राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन […]

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा आजदेखी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सुरु भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चार हजारभन्दा धेरै विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन दुई […]