चुनाव जितेका जनप्रतिनिधि बधाई थाप्न मै व्यस्त, विपद पुर्वको तयारी खै ?

रामेछापमा ६४ वटा बस्ती असुरक्षित छन

चुनाव जितेका जनप्रतिनिधि बधाई थाप्न मै व्यस्त, विपद पुर्वको तयारी खै ?

रामेछापमा ६४ वटा बस्ती असुरक्षित छन

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी पानी पर्ने अनुमान गरेको छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुन अवधिमा गत वर्ष भन्दा जोखिम धेरै रहेको बताइसकेको छ । तर, प्राकृतिक विपदको चपेटामा परिरहने रामेछापमा विपद पुर्वको तयारीमा सरकार जिम्मेवार देखिँदैन ।

चुनाव जितेका जनप्रतिनिधि अहिलेसम्म बधाई थाप्न मै व्यस्त रहेका छन् । अघिल्लो वर्ष पहिरोबाट जोगिएकाहरू मनसुन सुरू भएसँगै यसपटक फेरि त्रासमा परेका छन् । जोखिममा रहेका बस्तीका परिवार बर्खा लाग्नु अगावै सुरक्षित ठाउँमा जान चाहन्थे । तर, बस्ती स्थानान्तरणको काममा ढिलासुस्ती हुँदा यो वर्खामा फेरी मानवीय क्षति हुन सक्ने खतरा देखिएको छ ।

रामेछापमा ६४ वटा बस्ती असुरक्षित छन । यि मध्ये ४ वटा बस्ती तत्कालै सार्नुपर्ने खालका छन् । नागरिक जोखिमयुक्त बस्तीमा ज्यानको बाजी राखेर बस्न बाध्य रहेका छन् । जिल्लाको खिम्ती विर्ता,डडुवाको मेग्रे,भुजिको पिपलडाँडा,लखनपुरको रिठ्ठे लगायतका बस्ती पहिरो र बाढीका हिसाबले अत्यधिक जोखिममा छन् ।

नागरिक चिरा र धजा फाटेको जमिनमा जीवन बचाउन याचना गर्दै बसेका छन् । नागरीकलाई विपदबाट कसरी जोगाउने भन्नेमा स्थानिय सरकारको ध्यान गएकै छैन । यसपटकको मनसुनबाट हुन सक्ने क्षति कम गर्न रामेछापमा तयारी भएको देखिँदैन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार