स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मन्थली नगरपालिका पहिलो

सुनापती गाउँपालिका दोश्रो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मन्थली नगरपालिका पहिलो

सुनापती गाउँपालिका दोश्रो

रामेछापको ८ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मन्थली नगरपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७–७८ मा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ६५.२५ अंकभार ल्याउँदै मन्थली नगरपालिका जिल्लाकै पहिलो बन्न सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरणलगायतका विषयमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरेको छ ।

६५ अंकभार ल्याउदै सुनापती गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लामा दोस्रो स्थान प्राप्त गरेको छ । ६० अंकभारसहित रामेछाप नगरपालिका तेस्रो भएको छ । ५१.७५ अंकभार ल्याउँदै खाँडादेवी गाउँपालिका चौथो भएको छ । ४८ अंकभार ल्याउँदै गोकुलगंगा गाउँपालिका पाँचौ भएको छ भने ४४.२५ अंकभार सहित उमाकुण्ड गाउँपालिका छैँठौँ भएको छ । यसैगरी दोरम्बा शैलुङ गाउँपालिका ३४.२५ अंकभार सहित सातौँ हुँदा लिखुतामाकोशी गाउँपालिका १६.५ अंकभार सहित आठौँ भएको छ ।

स्थानीय तहको कार्यप्रकृया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा शुसासनमा रहेका कमी कमजोरी पक्षको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न, गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार