रामेछापको ८ वटै स्थानीय तहले कार्यपालिका गठन गरे,अब जिसस निर्वाचनको तयारी

रामेछापको ८ वटै स्थानीय तहले कार्यपालिका गठन गरे,अब जिसस निर्वाचनको तयारी

रामेछापको ८ वटै स्थानीय तहले कार्यपालिका गठन गरेका छन् । जिल्लाका आठ स्थानीय तह मध्ये मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, लिखु तामाकोशी गाउकार्यपालिका गठनमा मतदान भएको भएपनि रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा शैलुङ् गाउँपालिका, सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा निर्विरोध कार्यपालिका गठन भएको छ ।

अब जिल्ला समन्वय समितिको निर्वाचन जेष्ठ २९ गते गर्ने तयारी भैरहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । जिल्ला समन्वय समितिका लागि कुनै पनि दलको बहुमत नपुग्ने देखिन्छ । समन्वय समितिको निर्वाचनमा सहभागी हुने दलहरु मध्ये नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये कुनै २ वटा दलसंगको गठबन्धन गर्नुपर्ने देखिएको छ ।

जिसस निर्वाचनमा रामेछापमा आठ स्थानीय तहका प्रमुख उप्रमुखले मतदान गर्नेछन् । १६ जना मतदाता रहेको जिसस निर्वाचनमा तीन मत रहेको माओवादी केन्द्र निर्णयक शक्तिको रुपमा रहेको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले प्रमुख उपप्रमुखसहित सात, एमालेले प्रमुख उपप्रमुखसहित ६ र माओवादीले प्रमुख उपप्रमुखसहित तीन पदमा जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार