ईरामेछाप दृष्टि : सजिलो हुने छैन ‘नविन’ लाई ५ वर्षे कार्यकाल !

ईरामेछाप दृष्टि : सजिलो हुने छैन ‘नविन’ लाई ५ वर्षे कार्यकाल !

रामेछापको सदरमुकाम मन्थलीसंगै जोडिएको सानो र सुन्दर गाउँ सुनारपानी, अहिले मन्थली नगरपालिकाको ५ नम्बर वडामा समाहित छ । सुनारपानी परिवर्तनको पिडामा छटपटाएको निकै लामो समय भएको थियो । त्यो परिवर्तनको पिडालाई मेटाउन युवा वर्ग नै होमिनुपर्ने आवश्यकता देखेर विभिन्न दलमा आवद्ध स्थानिय युवाहरु स्थानिय तह निर्वाचन २०७९ मा सुनारपानिको नेतृत्व लिन चुनावी मैदानमा होमिएका थिए ।

आ–आफ्ना योजनासहित मैदानमा उत्रिएका ४ युवा उम्मेद्धारमध्ये कलम चिन्ह लिएर उठेका रविन कार्की ‘नविन’ लाई स्थानिय मतदाताले पत्याईदिए र आगामी ५ वर्षका लागी ४ सय ४४ मत सहित सुनारपानीको नेतृत्वको जिम्मा दिए । ‘नविन’ सुनारपानीको वडाध्यक्षमा निर्वाचित मात्रै भएनन उनले २०४३ सालदेखी एकै व्यक्तिको वरीपरि घुमेको सुनारपानिको नेतृत्वलाई व्रेक गरिदिए । उनको जितसँगै सुनारपानीमा युवा नेतृत्वको उदय भयो । रविनले रामेछापमा पार्टीको अस्तित्व मात्र जोगाईदिएनन् ईतिंहासको पानामा कलमले आफ्नो नाम सुन्दर अक्षरले लेखाए पनि । किनकी पुरै जिल्लाभरी (नेकपा एस) बाट २०७९ को स्थानिय निर्वाचनमा निर्वाचित हुने ‘नविन’ एक्ला जनप्रतिनिधि हुन् ।

हामी समाज परिवर्तनको अमूल्य सम्पति युवा नै मानिरहेका छौँ । विकास र परिवर्तनका लागी सुनारपानीले युवाको टिम नै रोजेको छ । सुनारपानी अहिले सामाजिक, आर्थिक, राजनैतिक लगायत विविध झमेलामा अल्झिएको छ । निर्वाचित युवा जनप्रतिनिधिको टिमले यस्ता झमेलालाई पन्छाउनुपर्नेछ । उनिहरु अहिले यस्तो महत्वपूर्ण अवस्थामा उभिएका छन की उनिहरुका सामु समस्या, चुनौती र अवसरहरु एकै साथ थुप्रिएका छन् । सुरुवात जे गर्नु छ, आजैबाट–आफैबाट गर्नुपर्छ , अनिमात्र समाजको विकासमा आफ्नो भूमिका रहन्छ । यहि प्रतिबद्धताका साथ लागि परेका ‘नविन’मा उत्साहसँगै काम गर्ने दृढ संकल्प देखिएको छ । तर उनि सामु चुनौतीका चाङ छन् । वितेका पाँच वर्षमा सुनारपानीमा आँफूले सोचेजस्तो विकास नभएको गुनासो त्यहाँको स्थानियको छ । ति चुनौति र समस्या हल गर्न उनको काँधमा ठूलो जिम्मेवारी आएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, वन–वातावरण, सडक र सवारी, पूर्वाधार विकास लगायतका क्षेत्रमा धेरै र नयाँ काम गर्नुपर्ने दायित्व ‘नविन’ र उनिसँगै निर्वाचित जनप्रतिनिधिहरुको काँधमा छ । नगरका अन्य वडाका तुलनामा सुनारपानीको वडा कार्यालयलाई अझ व्यवस्थित बनाउनुपर्नेछ । आफ्नो वडालाई सबल बनाउन आवधिक योजना र योजना बैंक बनाई अघि बढ्नुपर्ने टट्कारो आवश्यकता छ उनिहरुसामु ।

उत्पादन र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाई कृषिमैत्री योजनाहरु कार्यान्वयनमा ल्याउनुपर्नेछ । विविध कारण गाउँमा युवाको उपस्थिति न्यून हुँदै जाँदा पनि युवाको समुचित विकास, आर्थिक सामाजिक क्षेत्रलाई स्थानीय सरकारले ध्यान दिन सकेको छैन । यस्तो अवस्थामा नवनिर्वाचित जनप्रतिनिधिमाझ रोजगारीका अवसर सिर्जना गर्न मात्र होइन युवा शसक्तीकरण, उद्यमशीलता विकास जस्ता कामलाई तीब्र बनाउन चुनौती छन् ।

अघिल्लो हप्तामात्रै पदभार सम्हालेका ‘नविन’ ले आँफु कार्यकालभरी नागरिकहरुको सेवक र जनताको कारिन्दाको रुपमा काम गर्ने बताए । वडाको नीति निर्माण ,योजना तर्जुमा ,बजेटको बाँडफाँड र कार्यान्वयनमा नागरिकहरुको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउने, घरघरमा स्वच्छ खानेपानी, वडामा रहेका सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी शिक्षालाई बिशेष प्राथमिकता दिने, जनस्वास्थ्य र स्वास्थ्यसेवालाई प्रभावकारी बनाउने, समयसमयमा स्वास्थ्य शिविर संचालन गर्ने, स्वास्थ्य विमालाई अनिवार्य गर्ने प्रतिवद्धता उनले जनाएका छन् । प्रतिवद्धताअनुसार उनि फिल्डमा खटिन पनि थालिसकेका छन् ।

निर्वाचनअघि पनि उनले आँफुले गर्ने कामका बारेमा घोषणापत्र तयार पारेर नागरिकसामु पुगेका थिए । घोषणापत्रको पहिलो बुँदामा उनले लेखेका थिए खानेपानीको स्थायी व्यवस्थापन । सुनारपानी लामो समयदेखी खानेपानीको चरम समस्यासँग जुधिरहेको छ । १ गाग्री पानीको लागी १ दिन विताउनुपर्ने समयसंग जुधिरहेको सुनारपानी पानी कै अभावमा खण्डहर बन्न थालिसकेको छ। पानीको अभावको कारण पशुपालनमा कमी,कृषिकर्ममा कमी, बनजंगलमा विनासको लहर चल्न थालेको छ। योे अवस्थामा उनले पानिको स्थायी समाधानको योजना अघि सारेका छन् ।

यसअघिका जनप्रतिनिधिहरुले पनि खानेपानी समस्या समाधानका लागी डिप बोरिङको योजना नल्याएका हैनन् । कार्यकालको अन्तिमतिर बोरिङमार्फत केहि ठाउँमा पानी पु¥याईएपनि त्यो पर्याप्त नभएको स्थानिय बताउँछन् । हुन त बृहत खानेपानी आयोजनामार्फत सुनारपानीका घरघरमा पानीका धारा पु¥याईने लक्ष्यका साथ रामेछाप बृहत् पम्पिङ खानेपानी आयोजनाको काम पनि धमाधम भैरहेको छ। मन्थली नगरपालिकाको ४ र ५ नम्वर वडा त्यसैगरी रामेछाप नगरपालिकाको २ र ४ नम्वर वडामा वितरण गरिने भनिएको उक्त आयोजनामा कुनै समस्या नआए सम्पन्न हुन करिव ५ वर्ष लाग्नेछ । तर त्यसभन्दा अगावै सुनारपानीलाई काकाकुल हुनबाट जोगाउनुपर्ने चुनौती ‘नविन’ लगाएतको सिंगो टिमलाई छ ।

वडाका जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउने व्यवस्था गर्ने उनको घोषणापत्रको अर्को बुदा हो । ‘नविन’ले यो कार्यको सुरुवात गरे भने सुनारपानीमा एउटा थिती बस्नेछ । अशक्त, अपांगता भएका नागरिकमात्रै हैनन् सुरक्षा भत्ता लिने सवै उमेरसमुहका नागरिकलाई यसबाट लाभ मिल्नेछ । समयको बचतसँगै बैंकिक प्रणालीको झन्झटबाट उनिहरु मुक्त हुनेछन् । ‘नविन’ले सुनारपानीलाई सदरमुकाम मन्थलीको विकल्पका रुपमा बस्ती विकास सहितको व्यवस्थित सहरीकरणको सपना पनि देखेका छन् । उनले यो योजना अगाडी बढाउन सके भने सुनारपानीको आर्थिक,सामाजिक परिवेश फेरिनेछ । उनले पर्यटन प्रर्वद्धनका निम्तिी थुप्रै कार्यक्रम संचालन गर्ने गरि तयारी सुरु गरेका छन् ।

‘नविन’ले आफ्नो घोषणापत्रमा स्वास्थ्य र कृषिलाई पनि महत्व दिएका छन् । जेष्ठ नागरिकको नियमित स्वास्थ्य परिक्षण, समय समयमा स्वास्थ्य शिविर संचालन लगाएत उनका प्राथमिकतामा छन् । वडामा भएको स्वास्थ्य चौकीको व्यवस्थापन र नियमित संचालन गर्नेतर्फ पनि उनले ध्यान केन्द्रित गरेको बताएका छन् । कृषिमा आधुनिकिकरण र अनुदानको परिकल्पना गरेका ‘नविन’ले निशुल्क बालि तथा पशु पन्छी विमा कार्यक्रम लागु गर्न अन्य सरकारी निकायसामु पहल गर्नुपर्नेछ । वडाको समुन्नत विकासका लागी कृषि शिविर र पशु शिविरतर्फ पनि सोच्नुपर्नेछ । किसानहरुको लागी राहतको यस्ता किसिमका कार्यक्रम ल्याउन सके भने उनको कार्यकाल स्वर्णिम बन्नेछ ।


रविनले आफ्नो कार्यकालमा सहकारीमार्फत आर्थिक विकास र रोजगारीको सिर्जना गर्ने लक्ष्य पनि लिएका छन् । यसका लागी उनले जिल्लामा रहेका विभिन्न सहकारीसंग समन्वय र सहकार्य गर्नेछन् । सार्वजनिक सम्पदा र वनपैदावरको संरक्षणका साथै समुचित व्यवस्थापन, खेलक्षेत्रको विकास, सडक पुर्वाधारको दिगो संरक्षण र समुन्नत उनका योजना हुन् । ‘नविन’ले मुलतः भ्रष्ट्राचार रहित सामाजिक विकासको परिकल्पना गरेका छन् । व्याप्त भ्रष्टाचारका कारण समग्र जिल्लाको विकास हुन नसकेको अवस्थामा उनले वडामा ‘भ्रष्टाचार रहित समाज’को अभियान चलाउँने बताए । ई रामेछापसँगको कुराकानीमा उनले वडाको अनियमित खर्च नियन्त्रण गरी सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेलगत्तै ‘नविन’ले सामाजिक संजालमा लेखेका थिए :

दिगो विकास, स्थायी समृद्धि र परिवर्तनका निम्ति तपाईहरुले दिनुभएको जिम्मेवारीको भारी सिरोपर गर्दै यो यात्रामा कत्तिपनी विचलित नहुने प्रणसहित आज सपथ लिएको छु ।

२०७९ बैशाख ३० गतेको निर्वाचनमा तपाईहरुले मतपेटिकामा मत मात्रै हैन आफ्ना सपनाहरु खसाल्नु भएको छ । त्यो बाकसभित्र आफ्ना आशाहरु पनि खसाल्नु भएको छ । तपाईहरुका ती सपना र आशाहरुलाई मर्न नदिने प्रण गर्दछु । विविधताको सम्मान गर्दै नागरिकहरूको आवश्यकता सम्बोधन पहिलो प्राथमिकता हुनेछ ।

◾तपाईहरुको सल्लाह ,सुझाव र आशिर्वादलाई सिरोपर गर्दै अगाडि बढ्नेछु । यो यात्रामा म रत्तिभर पनि विचलित हुनेछैन् । यो यात्रामा म मात्रै हुनेछैन, तपाईहरु पनि साथमै हुनुहुनेछ । हामी हातेमालो गर्दै अगाडी बढेउ भने सुनारपानीको भविस्यमा लागेको दाग अवश्य हटाउन सकिनेछ । ,पक्कै उज्यालो छाउनेछ । सुनारपानी विकासशिल हुनेछ , परिवर्तनशिल हुनेछ । टेकेको माटो र हिडेको बाटो कहिल्यै भुल्ने छैन ।
उनले भने जस्तै आँफुले टेकेको माटो र हिडेको बाटोलाई नभुली प्रतिवद्धता अनुसार सवैलाई समाहित गरेर काम गरे भने उनलाई मत दिने नागरिकहरुको मतको अवमुल्यन हुनेछैन् । यस कार्यमा उनलाई सुनारपानिका सवै राजनितीक दल,वडा सदस्यहरु र आम नागरिकले साथ दिनुपर्छ ।

ईरामेछाप सँगको कुरा गर्दै उनले स्थानिय नागरिकका अपेक्षा धेरै रहेको बताए । नागरिकहरुका सबै अपेक्षा सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने उनको अठोट छ । उनि भन्छन्–आफूसँग भएको स्रोत साधनको सही व्यवस्थापन गरी नागरिकलाई सन्तुष्ट पारेर स्थानीय सरकारप्रतिको विश्वास बढाउनु नै हाम्रो पहिलो काम हुनेछ ।

सुनारपानी पछिल्लो आधा दशक देखी युवा–युवा बीचको अन्धविश्वासको घेराभि त्र रुमल्लीएको छ । समाजको विकासका लागी एकजुट हुनुपर्ने समयमा यो वा त्यो वहानामा फुटको राजनितीतर्फ युवाहरु लम्किरहेका छन् । राजनितीभन्दा गाउँ र विकास माथी हो भन्ने कुराको वोध गराउदै सभ्य समाजको निर्माणमा सवै युवाहरुलाई जोड्नु ‘नविन’को प्रमुख दायित्व हुनेछ । समाजका यस्ता कुरिती, विकृतिलाई फालेर अव पनि सभ्य सुनारपानिको परिचय दिन सकिएन भने पञ्चायतकाल देखि ठगिन पुगेको सुनारपानी फेरी पनि ओझेलमै रहिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार