कर्मचारी अभाबमा डिभिजन वन कार्यालय रामेछापको काम प्रभावित

कर्मचारी अभाबमा डिभिजन वन कार्यालय रामेछापको काम प्रभावित

डिभिजन वन कार्यालय रामेछापमा लामो समयदेखी दरवन्दी अनुसारका कर्मचारीको पदपूर्ति हुन नसक्दा कार्यालयले सम्पादन गर्ने दैनिक कामहरु प्रभावित हुँदै आएको छ । कार्यालयमा अधिकृत छैँठौँ,लेखाअधिकृत,रेन्जर,फरेस्टर,वन रक्षक लगायतका कर्मचारीहरुको अभाव रहेको छ ।

४३ जनाको दरवन्दी भएको डिभिजन वन कार्यालयमा हाल २२ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । डिभिजन वन कार्यालय माताहतका जिल्लाका ६ वटा सव–डिभिजन कार्यालयले कर्मचारी अभावका कारण सोचे अनुसार काम गर्न नसकेको डिभिजन वन कार्यालय रामेछापका प्रमुख रामकृष्ण केसीले बताउनुभयो ।

कर्मचारी नभएकाले भएका कर्मचारीहरुलाई आलोपालो प्रणाली मार्फत काममा खटाउँदै आएको उहाँको भनाई छ । कर्मचारी अभाव हुँदा सव–डिभिजन कार्यालय हिमगंगा, चिसापानी, धोबी, दोरम्वा, खाँडादेवी र ठोसेको काम समेत प्रभावित हुँदै आएको छ । कर्मचारी अभावको विषयमा पटकपटक प्रदेश सरकारलाई पत्राचार गर्दा समेत अहिलेसम्म कर्मचारी नपठाएको डिभिजन वन कार्यालय रामेछापका प्रमुख केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार