रामेछापको उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिद्धारा शतप्रतिशत मुद्दा फर्छ्यौट

रामेछापको उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिद्धारा शतप्रतिशत मुद्दा फर्छ्यौट

रामेछापको उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिले गत आर्थिक वर्षमा दर्ता भएको सबै मुद्दा टुङ्गो लगाएको छ । समितिले दर्ता भएका ११४ वटै मुद्दा सबै छलफलबाट टुङ्ग्याएको हो ।

पालिकाको उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सावित्री सुनुवारले हरेक महिनाको चार आइतबार न्यायिक समितिको बैठक बस्ने गरेको बताउनुभयो । समिति संयोजकसहित तीन जना सदस्यको सोही बैठकमार्फत् वडाबाट ‘रिर्भर’ भएर आएका तथा समितिमा सिधै दर्ता भएर आएका विवादहरुबारे छलफल हुने गरेको छ ।

मेलमिलाप प्रकृयालाई प्रभावकारी बनाउन पालिकाका सात वटै वडाको मेलमिलाप संयोजकहरुलाई पुनर्ताजकी गर्ने, अभिमुखीकरण गर्ने कार्यक्रम गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मेलमिलापकर्ता सुचिकृत गराउने, वडा वडामा गएर पुर्नगठन गर्ने काम भइसकेको छ । पालिकामा ६२ जना मेलमिलापकर्ता कार्यरत रहेको उहाँले बताउनुभयो ।

यस आर्थिक वर्षमा हालसम्म पालिकाको न्यायिक समितिमा १४ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये १२ वटा मुद्दाको मिलापत्र भएको र २ वटा छलफल हुन बाँकी रहेको उहाँँको भनाई छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार