संविधानमा उल्लेख गरिएका विषय महसुस गर्न नपाएको रामेछापबासीको गुनासो

संविधानमा उल्लेख गरिएका विषय महसुस गर्न नपाएको रामेछापबासीको गुनासो

नेपालको संविधान २०७२ जारी भएको आज आठ वर्ष पुगेको छ । बनाउनेहरूले यो संविधान विश्वकै उत्कृष्ट संविधान भने पनि संविधानमा उल्लेख भएका विषय नागरिकको जीवनमा देखिएको छैन ।

विपन्न, अल्पसङ््ख्यक, ज्येष्ठ नागरिक, महिला, दलित, अपाङ्गता भएका व्यक्तिलगायत विभेदमा पारिएका वर्ग समुदायलाई संविधानले अधिकार दिएको छ । तर उनीहरूले व्यवहारमा कुनै पनि अधिकार वा सेवा सुविधा पाएका छैनन् । अपाङ्गता भएका व्यक्तिलाई राज्यले कुनै सम्बोधन नगरेको रामेछापका स्थानीयको भनाई छ ।

दुर्गमका नागरिक, संविधानले व्यवस्था गरेका अन्य सेवा सुविधा मात्रै नभइ आधारभूत सेवाबाटसमेत बञ्चित छन् । आपूmहरूले गाँस, बास र कपास तथा स्वच्छ पिउने पानी, औषधिलगायतका सेवासमेत सहज रुपमा नपाएको यहाँका स्थानियको गुनासो छ । नेपालको संविधानले ३२ वटा मौलिक हकको व्यवस्था गरेको छ । तर अधिकांश नागरिक संविधानमा गरिएको व्यवस्थाबारे बेखबर छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार