यस वर्ष तिहार ढिलो भएका कारण सयपत्री र गोदावरी फूलहरू सुक्न थाले

यस वर्ष तिहार ढिलो भएका कारण सयपत्री र गोदावरी फूलहरू सुक्न थाले

यस वर्ष तिहार ढिलो भएका कारण रामेछाप सहित धरै ठाउँमा सयपत्री र मखमली फूलहरू सुक्न थालेका छन् । यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् ।

रामेछापको सुनापती गाउँपालिकाकी रुपा कार्कीले तिहारका लागी रोपेका फूलहरू सुक्न थालेको गुनासो गर्नुभयो । “भाईटिकासम्म पनि यो वर्ष फूलहरू नबस्ला जस्तो भयो । सबै फूलहरू अहिले नै ओईलाएर सुक्न थाले”उहाँले भन्नुभयो ।

तिहार नजिकिँदै गर्दा रामेछापमा सयपत्री, मखमली र गोदावरी फूल ढकमक्क फुल्न थालेका छन् । तिहारमा विशेष गरेर सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग प्रयोग बढी हुन्छ ।

रामेछाप नगरपालिका ७ का गणेश बस्नेतको घर वरिपरी ढकमक्क फूलहरू फूलेका छन । तिहारका लागी रोपिएको धेरै फूलहरू आईलाएर गाईवस्तुलाई हाल्नुपरेको उहाँले बताउनुभयो । “तिहारका लागी भनेर धेरै फूलहरू रोपियो तर छिटटै फूलेपछि तिहारसम्म जोगाउनै नसकिएला जस्तो छ ।”उहाँले भन्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार