रामेछापको गाल्पा बतासे डाँडामा सामुदायिक अस्पताल बन्ने,दुई जनाले गरे जग्गादान

रामेछापको गाल्पा बतासे डाँडामा सामुदायिक अस्पताल बन्ने,दुई जनाले गरे जग्गादान

रामेछापको सुनापति गाउँपालिका वडान २ दिमिपोखरी गाल्पा बतासे डाडामा सामुदायिक अस्पताल बन्ने भएको छ । उक्त ठाउँमा अस्पताल बनाउनका लागी दुईजना स्थानियले जग्गा दान दिनुभएको छ । कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल निर्माण गर्न मोहन कुमार तामाङ र शम्भु घिसिङले सम्युक्तरुपमा २ रोपनी जग्गा दान गर्नु भएको हो ।

अहिलेको भाउ अनुसार करिब ५० लाख भन्दा बढि मूल्य पर्ने जग्गा उहाँहरुले दान गर्नुभएको हो । उक्त ठाउँमा डाक्टर दिल बहादुर तमाङले अस्पताल बनाउँदै हुनुहुन्छ । जग्गादाताहरुले मालपोत कार्यालय मन्थलीमा आएर लालपुर्जा हस्तान्तरण गर्नु भएको डाक्टर तामाङ्गले जानकारी दिनुभयो ।

खाँडादेवी,सुनापती र दोरम्बा ३ वटा पालिकाको केन्द्रमा रहेको गाल्पा बजारमा संचालनमा रहेको अस्पतालले गुणस्तरीय सेवा सहित हरेक महिना शिविरबाट पनि स्वास्थ सेवा दिने उहाँको भनाई छ । आफ्नो आमाले स्वास्थ सेवा नपाएर अकालमा मृत्युवरण गर्नु भएको र उहाँको सम्झनामा दुर्गमका आम मान्छेले स्वास्थ सेवा पाउन बाट बन्चित नहोस् भनेर सामुदायिक अस्पताल स्थापना गरेको डा. तामाङ्गले बताउनुभयो ।

जग्गा दाता दाजुभाइद्वय मोहन कुमार तामाङ घिसिङ र शम्भु घिसिङ उहाँले धन्यबाद ब्यक्त गर्नुभयो । जग्गा दाता मोहन घिसिङ जिल्लाको अगुवा किवि किसान हुनुहुन्छ । उहाँको फममा किविको बिरुवा र सुन्तला जातको विरुवा पनि उपलब्ध छ । उहाँ राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव टङ्कलाल घिसिङको पुजनिय पिता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार