रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउँदै

रामेछापको रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउने भएका छन । प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत नगरका २ सय ७ जना बेरोजगारहरुलाई रोजगारी दिन लागिएको प्रधानमन्त्रि रोजगार कार्यक्रम रामेछाप नगरका रोजगार संयोजक देवश्री त्रिपाठीले बताउनुभयो । रामेछाप नगरपालिकाले प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत गत वर्ष ३ सय ३ जनालाई रोजगार दिएको थियो । यस […]

अब रामेछाप नगरपालिकाले पनि गाई भैँसीलाई सुत्केरी भत्ता दिने

रामेछापको रामेछाप नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । नगरभरीका सुत्केरी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको छ । नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक विजय श्रेष्ठका अनुसार दुधमा आत्मनिर्भर बनाउने, उन्नतजातका बाच्छी उत्पादन गर्ने कार्यक्रम अन्तर्गत किसानलाई गाई तथा भैँसीपालनमा प्रोत्साहन गर्नका लागि सुत्केरी भत्ता दिन लागिएको हो । […]

रामेछाप नगरपालिकामा आधुनिक उत्पादनमुखी विकास बारे २ दिने तालिम सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा २ दिने आधु्निक उत्पादनमुखी विकास अवधारणा,मोडल र भुमिका सम्बन्धि तालिम आजबाट सुरु भएको छ । तालिममा विकासमा आधुनिक मोडलहरुको पद्धती,तरिका,विकासलाई उत्पादनसँग कसरी जोड्न सकिन्छ लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराईने रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले जानकारी दिनुभयो । २ दिनसम्म सन्चालन हुने तालिममा नगरपालिकाका ९ वटै वडाहरुबाट वडा मेलमिलापकर्ता संयोजक र […]

चिरन्जीवी डेरीले मनायो दसौं वार्षिकोत्सब

रामेछाप जिल्लाको मन्थली नगरापलिका वडा नं १ मा सञ्चालनमा रहेको चिरन्जीवी डेरी उद्योगको दशौं वार्षिकोत्सव मनाइएको छ । स्थानीय कृषक विष्णु प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा नेपाल डेरी यसोसियसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा, महासचिव, प्रह्लाद पोखरेल,पुर्व सांसद देवशंकर पौडेल, वर्तमान प्रदेश सांसद शान्ति प्रसाद पौडेल, ने क पा का जिल्ला नेता आनन्द श्रेष्ठ, […]

बाख्रा पालन गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले कृषिहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरेको छ । बाख्रा जोन क्षेत्रका कृषकहरुका लागी आवश्यक पर्ने यन्त्र उपकरण प्रदान गरिएको हो । जुनार जोन कार्यक्रम अन्तर्गत मन्थली नगरपालिका , सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकाका २३ वटा समूह सहकारी, फार्महरुलाई एकएक वटाको दरले डिस्क मिल , […]

वातावरण संरक्षणमा योगदान पुर्याउने रामेछाप नगरपालिकाका ३ जना सम्मानीत

वातावरण संरक्षणमा योगदान पुर्याएको भन्दै वातावरण संरक्षण परियोजना रामेछापले रामेछाप नगरपालिकाका ३ जनालाई सम्मान गरेको छ । वातावरण संरक्षणमा योगदान पुराएको भन्दै परियोजनाले संस्थागत तर्फ श्री गौरीशंकर माध्यमिक विद्यालयलाई सम्मान पत्र सहित नगद ७ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको हो । विद्यालयले विद्यालय परिसरमा बोटविरुवा लगाएर हराभरा बनाएको छ भने फोहोरमैला व्यवस्थापनामा राम्रो काम […]

जुनार खेती गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले कृषिहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरेको छ । जुनार जोन क्षेत्रका कृषकहरुका लागी आवश्यक पर्ने यन्त्र उपकरण प्रदान गरिएको हो । जुनार जोन कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकाका १८ वटा कृषक समुहमा हाते ट्याक्टर, फल टिप्ने भर्याङ, खाडल खन्ने मेसिन ,स्पेयर , सिकेचर , पुङगिङ, […]

रामेछापमा असार,साउनमा फल्नुपर्ने खुर्पानी पुसमै फल्यो

रामेछापमा यस वर्ष असार,साउनमा फल्नुपर्ने खुर्पानी पुसमै फलेको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ हिलेपानीमा यो समयमा खुर्पानी फलेको देख्न सकिन्छ । खुर्पानीका केही दानाहरु त राताकाला भएर पाकेका छन । पुस पहिलो हप्तादेखि नै खुर्पानी फल्न थालेपछि स्थानीय अच्चमित बनेका छन् । सामान्यतया वैशाखदेखि फूल फुलेर, असारतिर फल लाग्नुपर्ने खुर्पानी यस […]

बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने

बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको मुख्यकमन्त्री पौडेलले बताउनुभयो । बिहीबार शिलान्यास गर्दै उहाँले उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध पाउडर कारखाना […]

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत खर्च गर्न थप ३ अर्ब निकासा

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत खर्च गर्नका लागि सशर्त अनुदान स्वरुप थप ३ अर्ब रुपैयाँस्थानीय तहलाई पठाएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ का लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मत कार्यमा संलग्न गराउन यो रकम स्थानीय तहमा पठाइएको श्रम, रोजगार तथा समाजिक […]