चिरन्जीवी डेरीले मनायो दसौं वार्षिकोत्सब

चिरन्जीवी डेरीले मनायो दसौं वार्षिकोत्सब

रामेछाप जिल्लाको मन्थली नगरापलिका वडा नं १ मा सञ्चालनमा रहेको चिरन्जीवी डेरी उद्योगको दशौं वार्षिकोत्सव मनाइएको छ । स्थानीय कृषक विष्णु प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा नेपाल डेरी यसोसियसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा, महासचिव, प्रह्लाद पोखरेल,पुर्व सांसद देवशंकर पौडेल, वर्तमान प्रदेश सांसद शान्ति प्रसाद पौडेल, ने क पा का जिल्ला नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका सचिव लेख बहादुर कार्की ,पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव घिमिरे, जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल, मावि गोठगाँउ का प्र अ केशव सापकोटा, समाजसेवी विपीन भट्टराई लगाएतले चिरन्जीवि डेरीले १० वर्षको दौरानमा गरेको प्रगतिको प्रसंशा गर्दै आगामी दिनमा थप प्रगति गर्दै जान अनुरोध गर्नु भएको थियो । कार्यक्रमका अवसरमा पशु स्वास्थ्य र गाइ भैसीलाई कृतिम गर्भाधारणका लागि अहोरात्र खटि कृषकहरुको दुध उत्पादनमा उल्लेख्य योगदान गर्ने मन्थली नगरपालिकाका पशु  प्राविधिक मुकुन्द खड्का र रोहिणि राज चापागाइलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कृषक तर्फ दुग्ध कृषक ऋषिशंकर घिमिरे  र पूर्णमाया ढुंगेल लगाएत २१ जना कृषकहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार