रामेछाप नगरपालिकामा गाई भैँसी सुत्केरी भत्ता वितरण

रामेछाप नगरपालिकामा गाई भैँसी सुत्केरी भत्ता वितरण

रामेछाप नगरपालिकाले वडा नम्बर १ र ३ का पश्ुपालक किसानहरुलाई गाई भैँसी सुत्केरी भक्ता वितरण गरेको छ । वडा नम्बर १ का ७१ जना कृषक र वडा नम्बर ३ का ८० जना किसानहरुलाई एक गाई वा एक भैँसी सुत्केरी भए बराबर १ हजारका दरले सुत्केरी भक्ता वितरण गरेको हो । आज वडा नम्बर ३ का किसानलाई रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले वडामै पुगेर गाई भैँसी सुत्केरी भक्ता वितरण गर्नुभयो । अब क्रमैसगँ अन्य वडाहरुमा पनि प्राप्त भएका निवेदनका अधारमा वितरण गर्दै जाने पश्ु स्वास्थ्य प्रविधिक विजय श्रेष्ठले बताउनुभयो । सुत्केरी भत्ता पाउन किसानले सुत्केरी भएको गाई र बाच्छा बाच्छीको फोटो कार्यालयमा पेश गर्नुपर्छ । सम्बन्धित वडाको सिफारीस सहित कार्यालयमा निवेदन दिएपछि सुत्केरी भत्ता वापतको रकम एक हजार रुपैयाँ प्रदान गर्ने पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार