वातावरण संरक्षणमा योगदान पुर्याउने रामेछाप नगरपालिकाका ३ जना सम्मानीत

वातावरण संरक्षणमा योगदान पुर्याउने रामेछाप नगरपालिकाका ३ जना सम्मानीत

वातावरण संरक्षणमा योगदान पुर्याएको भन्दै वातावरण संरक्षण परियोजना रामेछापले रामेछाप नगरपालिकाका ३ जनालाई सम्मान गरेको छ । वातावरण संरक्षणमा योगदान पुराएको भन्दै परियोजनाले संस्थागत तर्फ श्री गौरीशंकर माध्यमिक विद्यालयलाई सम्मान पत्र सहित नगद ७ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको हो । विद्यालयले विद्यालय परिसरमा बोटविरुवा लगाएर हराभरा बनाएको छ भने फोहोरमैला व्यवस्थापनामा राम्रो काम गरेको छ । सोहि कामको मुल्याङकन गर्दै परियोजनाले विद्यालयलाई सम्मान गरेको हो ।

यसैगरी परियोजनाले ब्यक्तिगत तर्फ २ जनालाई सम्मान गरेको छ । ब्यक्तिगत तर्फ सम्मानीत हुनेहरुमा रामेछाप नगरपालिका वडा नम्बर ८ विटारका वशन्त घिमिरे छन । उहाँले केरा खेती गरी राम्रो उत्पादन गर्नुका साथै युवा कृषकहरुलाई कृषि पेशामा लाग्न प्रेरित गरेको भन्दै परियोजनाले सम्मान पत्र सहित नगद ५ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको हो । यसैगरी अर्का सम्मानीत हुने व्यक्ति रामेछाप नगरपालिका वडा नम्बर ७ का बाल विक्रम मगर रहेका छन । उहाँले खेर गरिरहेका बोतल, सिसि ,गाडीको टायर लगायत चिजवस्तुहरुलाई संकलन गरी आकषर्क ढंगले सजाएर होटल कटेज एण्ड बार खोल्नुभएको छ । उहाँलाई वातावरण संरक्षणमा योगदान पुर्याए वापत सम्मान गरिएको हो । उहाँलाई सम्मान पत्र सहित नगद ५ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको छ ।

रामेछाप नगरपालिकामा वार्षिक समिक्षा तथा नगरपालिका स्तरीय सल्लाहकार समितिको बैठक आयोजना गरी परियोजनाले छलफल गर्नुका साथै सम्मानीत हुनेहरुलाई सम्मान गरेको हो । वातावरण संरक्षण परियोजनाले मन्थली नगरपालिकाको वडा नं. १ देखी ६ सम्म र रामेछाप नगरपालिकाको वडा नं ७,८ र ९ मा वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । रामेछाप नगरपालिकामा संञ्चालित कार्यक्रमलाई के–कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्धेश्यले रामेछाप नगरपालिकामा वार्षिक समिक्षा तथा नगरपालिका स्तरीय सल्लाहकार समितिको बैठक आयोजना गरिएको वातावरण संरक्षण परियोजनाका व्यवस्थापक मिलन कुमार घिसिङ्गले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार