रामेछापमा असार,साउनमा फल्नुपर्ने खुर्पानी पुसमै फल्यो

रामेछापमा असार,साउनमा फल्नुपर्ने खुर्पानी पुसमै फल्यो

रामेछापमा यस वर्ष असार,साउनमा फल्नुपर्ने खुर्पानी पुसमै फलेको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ हिलेपानीमा यो समयमा खुर्पानी फलेको देख्न सकिन्छ । खुर्पानीका केही दानाहरु त राताकाला भएर पाकेका छन । पुस पहिलो हप्तादेखि नै खुर्पानी फल्न थालेपछि स्थानीय अच्चमित बनेका छन् । सामान्यतया वैशाखदेखि फूल फुलेर, असारतिर फल लाग्नुपर्ने खुर्पानी यस वर्ष पुसको मध्यतिर आईपुग्दा फल लागेर पाक्न थालेपछि स्थानीय अच्चमित बनेका हुन् । जलवायु परिवर्तनको असरका कारण समयभन्दा पहिले नै फुल्न र फल्न थालेपछि स्थानीय चकित भएका छन । पछिल्ला दशकमा बढीरहेको औद्योगिक विकास तथा जनसङ्ख्या वृद्धिका कारण पृथ्वीको तापक्रम अत्याधिक बृद्धि हुँदा त्यसको प्रभाव फलफूलजन्य उत्पादनमा पनि देखिएको वातावरणविद्हरुले बताउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार