बाख्रा पालन गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

बाख्रा पालन गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले कृषिहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरेको छ । बाख्रा जोन क्षेत्रका कृषकहरुका लागी आवश्यक पर्ने यन्त्र उपकरण प्रदान गरिएको हो । जुनार जोन कार्यक्रम अन्तर्गत मन्थली नगरपालिका , सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकाका २३ वटा समूह सहकारी, फार्महरुलाई एकएक वटाको दरले डिस्क मिल , २५ वटा समूह सहकारी फार्महरुलाई च्याफ कटर , ३ वटा वटा समूह सहकारी फार्महरुलाइ डिपिङ ट्याङक र १८ वटा समूह सहकारी फार्महरुलाइ डिजिटल तराजु लगायतका सामाग्रीहरु कृषकलाई प्रदान गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख होमनाथ लम्सालले बताउनुभयो । यस्तै आजै मन्थली नगरपालिका १ भैसेश्वरमा २१ वटा बोयर जातका बोका र पाठी विभिन्न समूह सहकारी र फार्मलाई वितरण गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले जिल्लामा बाख्रा जोन,आलु जोन र जुनार जोन गरी २ वटा जानेहरु बनाएर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार