जुनार खेती गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

जुनार खेती गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले कृषिहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरेको छ । जुनार जोन क्षेत्रका कृषकहरुका लागी आवश्यक पर्ने यन्त्र उपकरण प्रदान गरिएको हो । जुनार जोन कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकाका १८ वटा कृषक समुहमा हाते ट्याक्टर, फल टिप्ने भर्याङ, खाडल खन्ने मेसिन ,स्पेयर , सिकेचर , पुङगिङ, ग्राफटिङ चक्कु , लगायतका सामाग्रीहरु कृषकलाई प्रदान गरिएको छ । रामेछाप नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का र परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख होमनाथ लम्सालले उक्त सामाग्रीहरु कृषकलाई हस्तान्तरण गर्नुभएको हो । सोही कार्यक्रमा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले रामेछाप नगरपालिकाले पनि कृषकहरुलाई अनुदान , विउविजन वितरण लगायतका कृषी लक्षित कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । कृषकहरुको माग र आवश्यकताका आधारमा परियोजनालाई काम गर्न उपप्रमुख खड्काले आग्रह गर्नुभयो । जुनार खेती गर्ने कृषकहरुको मागको आधारमा कृषि यान्त्रिकरण सहयोगका लागी साना कृषि यन्त्र उपकरण वितरण गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख होमनाथ लम्सालले बताउनुभयो । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले जिल्लामा बाख्रा जोन,आलु जोन र जुनार जोन गरी २ वटा जानेहरु बनाएर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार