रामेछाप नगरपालिकामा आधुनिक उत्पादनमुखी विकास बारे २ दिने तालिम सुरु

रामेछाप नगरपालिकामा आधुनिक उत्पादनमुखी विकास बारे २ दिने तालिम सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा २ दिने आधु्निक उत्पादनमुखी विकास अवधारणा,मोडल र भुमिका सम्बन्धि तालिम आजबाट सुरु भएको छ । तालिममा विकासमा आधुनिक मोडलहरुको पद्धती,तरिका,विकासलाई उत्पादनसँग कसरी जोड्न सकिन्छ लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराईने रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले जानकारी दिनुभयो । २ दिनसम्म सन्चालन हुने तालिममा नगरपालिकाका ९ वटै वडाहरुबाट वडा मेलमिलापकर्ता संयोजक र केही वडाहरुबाट समाजसेवी,बुद्धिजिवीहरुको उपस्थिती रहेको दाहालले बताउनुभयो ।

तालिमको उद्धघाटन रामेछाप नगरपालिका उपप्रमुख सृजना खड्काले गर्नभयो । उहाँँले आधु्निक उत्पादनमुखी विकास अवधारणा,मोडल र भुमिका सम्बन्धि यो विलकुलै नयाँ विषयवस्तुको बारेमा सन्चालित तालिम निकै महत्वपुर्ण रहेको बताउनुभयो । यस्तो खाले तालिम सबैको लागी आवश्यक रहेको उहाँको भनाई थियो । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले तालिममा सहभागीरुलाई सिकेका कुराहरु सबैलाई सिकाउन आग्रह गर्नुभयो । आधुनिक उत्पादन,विकासको अवधारण,उत्पादन मुलक विकास र क्षेत्रहरुको बारेमा सहभागीलाई प्रशिक्षकहरु नवराज थापा क्षेत्री र सुशिलराज गिरीले प्रशिक्षण दिनुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार