नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८६ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज […]

कोरोना संक्रमण देखिएपछि रामेछाप नगरपालिका ५ दिनका लागी बन्द

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ५ दिनका लागी बन्द गरिएको छ । नगरपालिकाका एक जना वडाअध्यक्ष सहित कार्यालय सहयोगी पदमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो । आजदेखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय बन्द रहने छ । नगरपालिकामा कार्यरत सबै […]

वडाअध्यक्ष सहित रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप नगरपालिकाका एक जना वडाअध्यक्ष सहित आज थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । रामेछाप नगरपालिकाका वर्ष ६१ का एक वडाअध्यक्ष , रामेछाप नगरपालिकाको कार्यलयमा कार्यरत वर्ष ४२ की एक महिला कार्यलय सहयोगी र मन्थली नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय […]

अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको आग्रह

सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका नआउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको भन्दै यस्तो आग्रह गरेको हो । कोभिड–१९ सम्बन्धी नियमित जानकारीका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अत्याआवश्यक काम नपरि उपत्यकामा सकभर कोही पनि नआउन आग्रह गर्नुभयो । उपत्यकामा यतिबेला सङ्क्रमणको दर बढीरहेको […]

नेपालमा थप दुई हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा नेपालमा थप २ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ९ सय ७८ जनाको पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै सङ्क्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ […]

नेपालमै उत्पादित कोरोनाको औषधिको ‘क्लिनिकल ट्रायल’ हुने

कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको जनाएको हो । कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल […]

नेपालमा आज सम्म ७९ हजार ७ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितसँगै देशभर कुल सङ्क्रमितको संख्या […]

रामेछापका ३२ जनाको रिपोर्ट आउन बाँकी, ४४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म १५ सय १६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै ३२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा विभिन्न समयमा […]

रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज १२ गते जिल्लाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । तामाकोसी अस्पताल मन्थलीमा भर्ना भएका ५ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाइएको थियो । उनिहरुमा आज […]

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुगेको छ । कोरोनाका कारण सुनसरी र रौतहटमा थप दुई पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५ सय पुगेको हो ।