बढ्यो कोरोना सङ्क्रमण दर, एकसय जनाको जाँच गर्दा २४ जनामा सङ्क्रमण

बढ्यो कोरोना सङ्क्रमण दर, एकसय जनाको जाँच गर्दा २४ जनामा सङ्क्रमण

मुलुकमा पछिल्लो २४ घण्टामा एकसय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी सङ्क्रमण दर भएको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्यमन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशतअर्थात् ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा ५८.२० प्रतिशतअर्थात् २ हजार ५ सय ४० जना रहेका छन् । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेका अनुसार यो निकै नै गम्भीर अवस्था हो । पछिल्लो समय महिला सङ्क्रमित हुने क्रमपनि बढेको छ । बिहीबार पुष्टि भएका कुल सङ्क्रमित मध्ये ३५.७६ प्रतिशत महिला रहेका छन् ।

हालसम्म सङक्रमण पुष्टि भएका मध्ये २९ प्रतिशत महिला रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पीसीआर परीक्षण बढाइएपछि सङक्रमित धेरै फेला परेकाभन्दै पाण्डेले उपत्यकाबाहिर कोभिड परीक्षण कमभएर सङ्क्रमण बढी नदेखिएको हुनसक्ने बताउनुभयो ।

यसैबीच,स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमण तीब्र गतिमा बढेको भन्दै दशैँका बेलाभिडभाड नगर्न तथा सार्वजनिक स्थानमापिङ नहाल्नआग्रह गरेको छ । हिजो नियमितपत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो आग्रह गर्नुभएको हो । आवत जावत र भीडभाड चुनौतीपूर्ण भएको भन्दै यसपालिको दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पूजागर्ने व्यवस्था मिलाउन पनि सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार