रामेछाप दोरम्बाका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि

रामेछाप दोरम्बाका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवा सुर्केमा रहेको एक आधारभुत विद्यालयमा कार्यारत वर्ष ३२ का एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । महोतरी जलेश्वर घर भएका शिक्षकमा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमति शिक्षकलाई दोरम्बा अस्पतालमा उपचारको लागी राखिएको उहाँले बताउनुभयो । असोज २१ गते दोरम्बा गाउँपालिकाबाट २९ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागी पठाइएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार