रामेछापका १६६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी,३९ जना क्वारेन्टिनमा

रामेछापका १६६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी,३९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १७ सय ९४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १५ सय २७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय ६६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप नगरपालिकाबाट ७९ जना र लिखु तामाकोशी गाउँपालिकाबाट ३० जना गरी १ सय ९ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागी पठाइएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३७ जनाको उपचार भईरहेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय १ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १० जनामा कोरोना संक्रमण देखिएको छ ।

रामेछाप जिल्लामा ३९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३९ जना क्वारेन्टिनमा रहेका छन । ४ जना महिला र ३५ जना पुरुष गरी ३९ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिकामा २ , गोकुलगंगा गाउँपालिकामा २७ जना र लिखु तामाकोशी गाउँपालिकामा १० जना गरी जिल्लाभर ३९ जना क्वारेन्टिनमा रहेका छन् । मन्थली नगरपालिका , दोरम्बा , खाँडादेवी, उमाकुण्ड र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार