समुदायस्तरमा कोरोना फैलिएको बारेमा एन्टिबडी परीक्षण गरिदै

समुदायस्तरमा कोरोना फैलिएको बारेमा एन्टिबडी परीक्षण गरिदै

सरकारले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा एन्टिबडी परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबार हिजोदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालीमपश्चात टोलीलाई प्रदेश खटाइएको हो । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिनुभयो । अध्ययनबाट नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार