रामेछाप खाँडादेवी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

रामेछाप खाँडादेवी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर ७ घर भएका वर्ष २५ का उक्त कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमति कर्मचारी होम आईसोलेसनमै बसेको उहाँले बताउनुभयो । असोज २१ गते गाउँपालिकाबाट २८ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागी पठाइएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अरु सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो । यसैबिच खाँडादेवी गाउँपालिकाको कार्यालय ५ दिनको लागि बन्द गरिएको छ । कन्ट्याक टे«सिङको लागि पाँच दिन कार्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार