रामेछापमा कोरोना संक्रमितको संख्या २१३ पुग्यो, १७५ जनाको रिपोर्ट आउन बाँकी

रामेछापमा कोरोना संक्रमितको संख्या २१३ पुग्यो, १७५ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय १३ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ३ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १० जनामा गरी हालसम्म २ सय १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा आजसम्म १८ सय ६० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ ।

यि मध्ये १५ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय ७५ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । आज मन्थली नगरपालिकाबाट ६२ जना र जिल्ला अस्पतालबाट ४ जना गरी ६६ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागी पठाइएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३६ जनाको उपचार भईरहेको छ ।

रामेछाप जिल्लामा ३५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३५ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र ३२ जना पुरुष गरी ३५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । गोकुलगंगा गाउँपालिकामा २७ जना र लिखु तामाकोशी गाउँपालिकामा ८ जना गरी जिल्लाभर ३५ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप , मन्थली , दोरम्बा , खाँडादेवी, उमाकुण्ड र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार