नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३ हजार २ सय ८९ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या एक लाख ६ सय ७५ पुगेको जानकारी दिनुभयो । यस्तै गत २४ घन्टामा थप १६ सय ८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

हाल नेपालमा २७ हजार ५३ सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेसनमा छन् भने १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै पछिल्लो २४ घन्टामा थप १० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । मृत्यु हुनेमा १ महिला र ९ जना पुरुष गरी १० जना रहेका छन् । झापाका २९ र ५२ वर्षका पुरुष, सुनसरीका ४६, ५३ र ६८ वर्षका पुरुष, काठमाडौंका ८७ वर्षका महिला, ७१ वर्षका पुरुष, ललितपुरका ८४ वर्षका पुरुष, रुपन्देहीका ४७ र ८४ वर्षका पुरुषहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार