जिल्ला अस्पताल रामेछाप सहित बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स

जिल्ला अस्पताल रामेछाप सहित बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स

बागमती प्रदेश सरकारले रामेछाप सहित विभिन्न जिल्लाको ७ वटा अस्पतालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको हो ।

मन्त्रालयले रामेछाप स्थित जिल्ला अस्पताल रामेछाप,दोलखास्थित पशुपति चौलागाई स्मृति अस्पताल,भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, काभेस्थित मेथिनकोट अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको हो ।

एउटा एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत लागेको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो । गत वर्ष पनि मन्त्रालयले ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार