जिल्ला अस्पतालमा संचालन भएको स्वास्थ्य शिविरमा १ सय ३० जनाले लिए सेवा

जिल्ला अस्पतालमा संचालन भएको स्वास्थ्य शिविरमा १ सय ३० जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा शनिबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । किष्ट मेडिकल कलेज काठमाण्डौँको प्राविधिक सहयोगमा उक्त अस्पतालका बरिष्ठ चिकित्सकहरुले शिविरमा सेवा दिएका हुन ।

शिविरमा १ सय ३० जनाले सेवा लिएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु कार्कीले जानकारी दिनुभयो । शिविरमा जनरल फिजिसियन तथा पेट सम्बन्धि रोगहरु,दिर्घ रोगीहरु,स्त्रीरोगको परिक्षण तथा उपचार र पाठेघरको मुखको क्यान्सर परीक्षण,दन्त सेवा,हाडजोर्नी रोगहरु सम्बन्धि सेवा,जनरल सर्जरी सेवा र भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो ।

रामेछाप नगरपालिका,जिल्ला अस्पताल रामेछाप र तामाकोशी सहकारी अस्पताल मन्थलीको आयोजनामा शिविर संचालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार