रामेछापमा २ सय ३४ जनामा डेङ्गु पुष्टि हुँदा ३ जनाले ज्यान गुमाए

रामेछापमा २ सय ३४ जनामा डेङ्गु पुष्टि हुँदा ३ जनाले ज्यान गुमाए

रामेछापमा २ सय ३४ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गु पुष्टि हुँदा ३ जनाले ज्यान गुमाएका छन । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार साउनको दोस्रो सातादेखि हालसम्म रामेछामपा डेङ्गुबाट सङ्क्रमितको संख्या २ सय ३४ पुगेको हो । अहिलेसम्म ३ जनाले ज्यान गुमाएका हुन ।

बागमती प्रदेशमा ४२ हजार जनामा डेङ्गु पुष्टि

बागमती प्रदेशमा हालसम्म डेङ्गु बिरामीको संख्या ४२ हजार पुगेको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार साउनको दोस्रो सातादेखि हालसम्म डेङ्गुबाट सङ्क्रमितको संख्या ४२ हजार सात पुगेको हो । डेङ्गुबाट प्रभावित भएको प्रदेशको जिल्लामा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा रहेको छ । काठमाडौँमा ११ हजार एक सय २७ डेङ्गुका बिरामी फेला परेका छन् भने रसुवामा ११ जना मात्रै डेङ्गुका सङ्क्रमित फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुन जिल्लामा कति ?

ललितपुरमा ९ हजार ६ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार ६ सय ४५, काभ्रेपलाञ्चोकमा पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय ९, नुवाकोटमा, दुई सय ७३ र सिन्धुलीमा एक सय ७० जना, दोलखामा एक सय चार जनामा डेङ्गु संक्रमित भएको निर्देशनालयको विवरणमा उल्लेख छ ।

बागमती प्रदेशमा हालसम्म डेङ्गु संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसअनुसार काठमाडौँका सात, सिन्धुली र रामेछापका तीन÷तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई÷दुई र धादिङका एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार