नेपालमा पहिलोपटक भित्रियो कोरोनाको ‘ओमिक्रोन’, सङ्क्रमित दुबै जना चिकित्सकको निगरानीमा

नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ उपपरिवर्तित स्वरुप ‘ओमिक्रोन’ फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाको नयाँ स्वरुप फेला परेको मुलुकबाट नेपाल भित्रिएका व्यक्ति र उनको सम्पर्कमा आएका थप एक जना गरी दुई जनामा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन पुष्टि भएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी गत मङ्सिर ३ गतेएक जना […]

कोभिड १९ को सङ्क्रमण भएकालाई छातीसम्बन्धी समस्या धेरै

कोभिड १९ को सङ्क्रमण भएका नागरिकलाई चिसोको समयमा छातीसम्बन्धी समस्या धेरै देखिने गरेको पाइएको छ । उनीहरूमा विशेष गरी छातीको सङ्क्रमण देखिने गरेको छाती रोग विशेषज्ञ डा दीर्घसिङ बलमे बताउनुभयो । उहाँका अनुसार कोभिडको सङक्रमण भएका वृद्धवृद्धाहरू चिसो मौसममा स्वासप्रश्वाससम्बन्धी समस्या भएको भन्दै जाँचका लागि आउने गरेका छन् । चिसो मौसममा स्वासनली साँघुरो हुने भएकाले […]

वुस्टर डोज खोप दिने सरकारको तयारी

सरकारले कोरोना भाइरसको दुवै डोज खोप लगाएकालाई वुस्टर डोज खोप दिने तयारी भएको जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भईरहेको बताउनुभयो । वुस्टर डोज खोप लगाउन आवश्यक पर्ने थप १ करोड ५० लाख डोज खोप ल्याउने तयारी […]

जनस्वास्थ्यका मापदण्डलाई जीवनभरका लागि बानी बनाउन चिकित्सकको सुझाव

चिकित्सकहरूले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ परिवर्तित स्वरुप ओमिक्रोनको जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालन गर्न सुझाव दिएका छन् । सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनले कोरोना महामारीको पहिलो र दोस्रो चरणको लहरको क्रममा जसरी स्वास्थ्य सावधानी अपनाइयो त्यसरी नै यसलाई आफ्नो जीवनभर लागु गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नेपालमा कोरोनाको ओमिक्रोन भित्रिनुमा भारतसँगको खुला सीमानाका […]

ओमिक्रोन पुष्टि भएका देशबाट आउने यात्रुलाई आज रातिदेखि नेपाल प्रवेशमा रोक

सरकारले कोरोना भाइरसको नयाँ स्वरुप ‘ओमिक्रोन’ पुष्टि भएका देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रु र तीन हप्ताभित्र ती देशको भ्रमण गरेका यात्रुलाई […]

आजदेखी जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा आएको छ । अब जिल्ला अस्पताल रामेछापमै पिसिआर परीक्षण हुने भएको छ । कोरोना भए नभएको भनेर थाहा पाउन गरिने पिसिआर परीक्षण आजदेखी जिल्ला अस्पतालमै सुरु भएको हो । केहि महिना अघि नै उक्त पिसिआर ल्याबको उद्धघाटन भएको भएपनि जनशक्तिको अभावले सन्चालनमा आउन सकेको थिएन । जनस्वास्थ्य प्रयोगशाला बाग्मती […]

कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि नेपालका विभिन्न नाकामा कडाई

स्वास्थ्य सेवा विभागले विमानस्थल र नाकामा एन्टीजेन परीक्षणमा कोरोना देखिएका नमूनाको जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै विमानस्थल र नाकामा एन्टीजेन परीक्षणमा कोरोना देखिएका नमुनाको जीन सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाउन निर्देशन दिएको हो । विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले नाकास्थित हेल्थ डेस्कहरूलाई पछिल्लो समय कोरोना भाइरसको […]

कोरोनाविरुद्धको खोप अभियानलाई तिव्रता दिइएको सरकारको भनाइ

सरकारले गत माघ १४ मा सुरु गरेको कोरोनाविरुद्धको खोप अभियानले फेरी तिव्रता पाएको छ । चाडबाडका कारण असोज र कात्तिकमा सुस्ताएको खोप अभियानले मङ्सिर लागेसँगै तिव्रता पाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई आफ्नो परिचय खुल्ने राष्ट्रिय परिचयपत्र लिएर खोप लगाउन आग्रह गरेको छ । जसका लागि देशका विभिन्न स्थानमा […]

सरकारले गर्भावस्थाको पहिलो त्रैमासिकपछि सबै गर्भवतिलाई कोरोना खोप लगाउने

नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा नेपालभर रहेका सक्रिय सङ्क्रमितमध्ये २ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख ६ सय १७ पुगेको छ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमित थपिनेभन्दा […]

रामेछापमा ६० हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

रामेछापमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पुर्ण खोप ६० हजार बढीले लगाएका छन । जिल्लामा खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ६० हजार ६ सय ४३ जनाले पुर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा ६६ हजार २ सय १९ जनाले पहिलो मात्रा खोप लगाएका छन । जिल्लामा भेरोसेल,कोभिडशिल्ड, एस्ट्राजेनिका,जोन्सन एण्ड […]