कोरोना सङ्क्रमणको दरमा कमि आएपनि जोखिम कायमै छ : विज्ञ

कोरोना सङ्क्रमणको दरमा कमि आएपनि जोखिम कायमै छ : विज्ञ

नेपालसहित विश्वभर कोरोना सङ्क्रमित थपिने दरमा कमी आउन थालेको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएपछि नेपालमा झन्डै १२ हजारमा सङ्क्रमण पुष्टि भएको थियो । तर, पछिल्लो २ सातादेखि नेपालमा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या २ देखि ४ सयमा झरेको छ । यस्तै विश्वभर दिनकै ३० देखि ३६ लाखसम्म नयाँ सङ्क्रमित थपिनेको गरेकोमा अब त्यो सङ्ख्या १० देखि १२ लाखमा झरेको छ ।

पछिल्लो समय देखिएको कोरोनाको ओमिक्रोन र ओमिक्रोनको सह प्रजाति बढी सङ्क्रामक नहुँदा अब विस्तारै कोरोना महामारी अन्त्य हुँदै जाने हो ? भन्ने प्रश्नमा सङ्क्रामक रोग विशेषज्ञ डा.जनक कोइरालाले अहिले केहि समयका लागि यसको प्रभाव कम भएपनि जोखिम भने कायमै रहेको बताउनुभयो ।

उहाँले हालसम्मका जति पनि महामारी देखिएका छन् ती २÷३ चरणको लहरपछि साम्य हुँदै जाने र फेरि ९÷१० वर्ष पछि वा एक दुई महिनापछि नै फेरि महामारी बढ्न सक्ने भएकाले यसलाई सामान्य रुपमा लिन नहुने प्रष्ट पार्नुभयो । सरकारकै अनुसार पनि नेपालमा नयाँ सङ्क्रमित थपिनेदर ४ प्रतिशतमा झरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारी सङ्क्रमणदर घट्दै गएपनि जनस्वास्थ्यका मापदण्डलाई भने कडाईका साथ पालना गर्ने गरी अघि बढ्ने बताउनुभयो ।

उहाँले कोरोना महामारीको पछिल्लो अवस्था साम्य भएपनि यसको जोखिम कायमै रहेको र नयाँ नयाँ लहर आउन सक्ने सम्भावना रहेकाले सरकार सोही अनुसार तयारी अवस्थामा रहने र रहेको बताउनुभयो । कोरोना महामारीको तेस्रो चरणको लहरका कारण मानिसहरूलाई गम्भीर बनाउने र मृत्यु गराउने अवस्था अन्य लहरको जस्तो देखिएन । तर, जोखिम भने कायमै रहेकाले सावधानी भने अपनाउन छाड्न नहुने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार